kumari
stcnepal

प्रियतावादी सिद्धान्तको शिकार प्रधानमन्त्री दाहाल

 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेको चार महिना पुगेको छ । यो चार महिनाको दाहाल सरकारको कार्यकाल हेर्दा त्यति उत्साहजनक र जनताका समस्याहरु हल हुन सक्ने सम्भावना देखिएको छैन । प्रधानमन्त्री दाहाल जुन ठाउँमा पुग्छ त्यही उडन्ते गफ गरेर जनतालाई झुक्याउन भने सफल भएका छन् । राजनीतिक दलका नेताहरुमा अहिले प्रियतावादको हावी भएको छ । प्रियतावाद भनेको संस्थारहित व्यक्तिगत नेतृत्व हो । कुनै एक क्षेत्रमा चर्चामा आएका तथा आफूलाई आफैँ वौद्धिक ठान्ने व्यक्तिहरु मूल नेतृत्वमा आउने चेष्ठा बाहेक अन्य केही हुन सक्दैन ।
म एक्लै जनताको नेतृत्व गर्दछु भन्ने प्रवृत्ति नै प्रियतावाद हो । म एक्लै सबै समस्या समाधान गर्न सक्छु मैले समस्या बुझेको छु भन्दै ती सबै समस्याहरु म समाधान गर्न सक्छु भन्ने प्रवृत्ति नै प्रियतावाद हो । अहिले त्यो प्रियतावादको नेतृत्वमा सरकारमा बसेर प्रधानमन्त्री पष्पकमल दाहालले गरेका छन् । मानौँ प्रधानमन्त्री दाहालले नबुझेका समस्याहरु केही छैनन् । उनले सबै समस्याहरुको समाधान गर्न सक्छु भन्ने उद्घोष गरिरहेका भएपनि चार महिनाको उनको पछिल्लो कार्यकालमा एउटा पनि समस्या समाधान हुन सकेको छैन ।
आफूलाई निकै प्रियतावादी बताउँदै आएका भएपनि प्रधानमन्त्री दाहाल पछिल्लो समयमा सत्ता स्वार्थमा रुमलिएका छन् । जनताले माओवादी केन्द्रलाई प्रत्याउन छाडि सकेको प्रमाणित त अध्यक्ष दाहालले नै गरिसकको छन् । त्यसको प्रत्यक्ष प्रमाण हो वैशाख १० गते सम्पन्न भएको ३ निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले आफ्ना उम्मेदवार नै खडा गर्न नसक्नु । नेकपा एमालेको बुई चढेर प्रधानमन्त्री बन्न सफल भएका दाहाल आफू प्रधानमन्त्री बन्ने वित्तिकै कांग्रेसको शरणमा पुगेर नेकपा एमालेसँगको सम्बन्ध विच्छेद गरेका गरेका थिए । त्यसैले प्रष्ट हुन्छ उनी प्रियतावादी नेता हुनु । प्रियतावादी एउटा राजनीतिक समस्या हो यसलाई राजनीतिक संस्कार, पद्दति र मूल्य मान्यताले सञ्चालन हुनुपर्दछ ।
लोकतन्त्रको सुन्दरता भनेको प्रियतावादी अर्थात व्यक्तिवाद नभएर संस्थाग बैचारिक पार्टी पद्दति नै हो । तर पछिल्लो समयमा आफूलाई मूल धारका पार्टी भएको बताउने र भर्खरै संस्थापन भएका पार्टी नेताहरु समेत प्रियतावादको शिकार भएका छन् । पार्टीको मूल्य, मान्यता र विचारले भन्दा मूल नेतृत्वको प्रियतावादले नै सञ्चालन हुँदै आएका हुनाले सबै ठूला साना राजनीतिक दलहरुमा प्रियतावाद हावी भएको छ । प्रियतावादीहरु बाहिरबाट हेर्दा प्रतिभाशाली देखिएपनि अति राष्ट्रवादी जस्तै अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, धार्मिक प्रियतावादी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन ।
पहिचान प्रियतावादीमा सीके राउत र उपेन्द्र यादव स्टालिस प्रियतावादी रवि लामिछाने र रविन्द्र मिश्र प्रियतावादीसँग ४ वटा चीज हुँदैन । खास रानीतिक दल हुँदैन भएमा पनि कमजोर हुन्छ । र त्यो संस्थाभन्दा पनि व्यक्तिवादी हुन्छ वा व्यक्ति प्रधान हुन्छ, उनीहरु सिधै जनतासँग जोडिन खोज्छन् । स्पष्ट विचार उनीहरुसँग हुँदैन, उदारवाद समाजवादी राजनीतिक उदेश्य उनीहरुमा हुँदैन, उत्तराधिकारी योजना नै हुँदैन, नेताले गलत गरेमा पनि जनताले दण्ड दिने र त्यसको जवाफ दिने अर्को कोही हुँदैन र उनीहरुको ऐतिहासक राजनीतिक विरासत नहुने भएकाले उनीहरुले राजनीति संस्कार सम्म सिक्न पाएका हुँदैनन् ।
पछिल्लो समयमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल त्यस्तै प्रियतावादी नेता भएका छन् । उनको कुनै राजनीतिक संस्कार छैन । आज एउटासँग र भोली अर्कोसँग मिल्न जाने संस्कारलाई नै उनले राजनीतिक संस्कार बनाएका छन् । आफ्नो पार्टीमा उनले आफ्नो उत्तराधिकारी समेत तोक्न सकेका छैनन् । आफ्नो स्वार्थलाई नै दाहालले पार्टीको स्वार्थ बनाएका छन् । यनी चमत्कारी नेतृत्व गर्न सकेन स्वाङ पार्न सक्ने खुबी भएका नेता भएपनि उनी प्रियतावादी नेता नै हुन् । आफ्नो पार्टीको भन्दा फरक सिद्धान्त बोककेका पार्टीसँग उनले गठबन्धन गरेका छन् । माओवादी केन्द्रको निजी सिद्धान्त र विचारलाई कांग्रेसको पाउमा बुझाएका छन् । आफ्नो पार्टीको नीति, सिद्धान्त र विचारलाई छोडेर आफू कम्युनिष्ट नेता नै भएको स्वाङ पार्न उनी खप्पिस भएकाले गर्दा उनी प्रियतावादी नेताकै रुपमा चिनिएका भएपनि केही समयको लागि जनतालाई झुक्याउन भने उनी सफल भएका छन् ।
राजनीति भनेको देश विकासको लागि र जनताको हितमा हुनुपर्नेमा अहिले दाहाल सरकारले राजनीतिको लागि विकास भन्ने सिद्धान्तलाई अघि सारेको छ । राजनीतिका लागि विकास भन्ने सिद्धान्तले गर्दा नै उनी प्रत्येक पाँच वर्षमा नयाँ नयाँ निर्वान क्षेत्र खोज्नुपर्ने अवस्थामा पुगेका छन् । यो सबै चरित्र प्रियतावादी सिद्धान्त भित्रै पर्ने भएकाले गर्दा पुष्पकमल दाहाललाई सिद्धान्त, नीति र विचार बोकेका व्यक्ति हुन् भन्नु भन्दा उनी प्रियतावादी सिद्धान्तको आधारमा जनतालाई झुक्याउन सक्ने नेता हुन् भन्ने हामीले ठहर गरेका छौँ । उनीमाथि अस्थिर राजनीतिक चरित्र भएको नेता कै रुपमा समेत चिनिँदै आएका छन् भन्ने हाम्रो ठम्याई समेत रहेको छ ।

footer