linktrix Long Ad
Salt Trading Long Ad

नेपाल पत्रकार महासंघले जारी गर्यो १५ बुद्धे शुद्धीकरण मापदण्ड

793
shares

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सदस्यता नवीकरण सम्बन्धमा शुद्धीकरण मापदण्ड जारी गरेको छ । महासङ्घका महासचिव रोशन पुरीले शुद्धीकरण मापदण्ड पूर्णरुपमा कार्यान्वयनमा जोड दिँदै यस सम्बन्धमा १५ बुँदा सार्वजनिक गरेका छन् ।

महासङ्घले पछिल्लो पटक परासीमा सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयअनुसार मापदण्डलाई अन्तिम रुप दिएको उनको भनाइ छ । जसअनुसार वैशाख २५ गतेसम्म केन्द्रीय समितिले सबै सदस्यको विवरण आफ्नो वेबसाइट, फेसबुक पेज, ट्विटर लगायतबाट सार्वजनिक गर्ने छ । उपलब्ध नाममा चित्त नबुझेमा उजुरी गर्नका लागि असार १० गतेसम्मको समय निर्धारण गरिएको पुरीले जानकारी दिए । यस्तै नयाँ सदस्यको हकमा हरेक शाखा समितिले जेठ १० गतेसम्म आवेदन लिने, आवेदनका क्रममा कहिले देखि कुन मिडियामा काम गरेको भन्ने प्रष्ट खुल्ने कागजात सङ्कलन गर्ने र विधानको व्यवस्थाको पूर्ण कार्यान्वयन गरेर व्यक्तिगत फाइल नै खडा गर्ने उनको भनाइ छ ।

यस्तै पत्रकारिता क्षेत्रमा ३ वर्ष वा त्योभन्दा धेरै समयदेखि क्रियाशील नभएका व्यक्तिहरूलाई सदस्यबाट स–सम्मान बिदाइ गर्ने र आवश्यक परेको अवस्थामा मानार्थ सदस्यतामा रूपान्तरण गर्न शाखा समितिले आवश्यक निर्णय लिने मापदण्डमा उल्लेख छ । यस्तै मिडिया हाउसको व्यवस्थापक, बजार प्रतिनिधि, प्रशासनमा काम गर्नेहरूको सदस्यता नवीकरण नगर्ने र नयाँ सदस्यता पनि नदिने नीति पूर्णरुपमा लागू गर्ने जनाइएको छ ।

यस्तै जनप्रतिनिधि, निजामती स्थायी कर्मचारीलाई नयाँ सदस्यता पनि नदिने र सदस्य कायम रहेको अवस्थामा नवीकरण नगर्ने लगायतका विषय मापदण्डमा छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports