linktrix Long Ad
Salt Trading Long Ad

प्रतिनिधिसभा अन्तर्गतका बिभिन्न समितिहरू गठन, अब समितिका सभापति चुनिन बाँकी

637
shares

काठमाडौँ । प्रतिनिधिसभाले १० वटा विभिन्न विषयगत समितिहरू गठन गरेको छ । शुक्रवार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले विभिन्न समितिका लागि सांसद सदस्यहरूको नाम प्रस्ताव गरेका थिए । सभामुख घिमिरेको प्रस्तावलाई संसद्ले अनुमोदन गरे सँगै विषयगत समितिहरू गठन भएका छन् ।

प्रतिनिधि सभामा १० वटा विषयगत समितिहरूमा अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति रहेका छन् ।

यस्तै संयुक्त समिति अन्तर्गत संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति रहेका छन् । समिति गठनसँगै यसअघि राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त भएका विभिन्न विधेयकहरू र प्रतिनिधि सभामा दर्ता भई सदनमा सैद्धान्तिक छलफल भइसकेका विधेयकहरूलाई सम्बन्धित समितिमा पठाउन स्वीकृति समेत दिइएको छ ।प्रतिनिधि सभाको बैठक सुरु भएको झन्डै ५ महिनापछि विषयगत समिति गठन भएको हो । संसदीय समिति नहुँदा सदनमा प्रस्तुत भएका विधेयक अघि बढ्न सकेको थिएन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports