linktrix Long Ad
Salt Trading Long Ad

संसदमा एमाले सासद गोकुल बाँस्कोटाको प्रश्न, के एमाले अध्यक्ष ओलीको हत्या गर्न खोजिएको हो ?, प्रधानमन्त्रीबाट उत्तर चाहियो

845
shares

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं सांसद गोकुल बास्कोटाले अध्यक्ष केपी शर्मा ओलीमाथि झापामा गरिएको आक्रमण सम्बन्धमा संसदमा प्रधानमन्त्रीको जवाफ माग गरेका छन् । झापा घटना सम्बन्धमा गृहमन्त्रीलाई जानकारी रहेको उनले दाबी गरे । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा एमाले सांसद बास्कोटाले हत्या गर्ने नै उद्देश्यले केपी ओलीमाथि आक्रमण प्रयास गरिएको आरोप लगाए ।

‘त्यो घटना हुँदैछ भन्ने कुरा खुद गृहमन्त्रीलाई थाहा छ । सभामुखको च्याम्बरमा प्रतिपक्षी दलले आफूले पाएको सूचना शेयर गरेको छ । सरकारको नियत र उद्देश्य के हो ?’ बास्कोटाले भने, ‘कोशी नामकरण त्यहाँको प्रदेश सभाको कुरा हो । अर्को कुरा केपी ओली एमालेको अध्यक्ष मात्र होइन, यो मुलुकको दुई-दुईपटकको प्रधानमन्त्री हो । उहाँको ऐतिहासिक योगदान छ । अब यो देशको अर्को मान्छेले चीनसँग अर्को सम्झौता गर्नुपर्दैन । त्यसका निम्ति अर्को कदम उठाउनु पर्दैन । के उहाँको हत्या गराउन खोजेको हो ?’

माओवादीले विगतमा जातीय मुद्दा उचालेका कारण अहिले कार्यकर्ता सम्हाल्न नसकेको टिप्पणी उनले गरे । ‘अहिलेका प्रधानमन्त्रीको पार्टीले मान्छेले अन्तर्राष्ट्रिय जाति हुनेछ भनेर गीत गाउँदै हिँडेको थियो । तर, बाहुन भेटे बाम्सालिङ, तामाङ भेटे ताम्लासिङ, नेवार भेटे नेवा, गुरुङ भेटे तमुवान भन्दै हिँडेको परिणाम आज आफ्नै कार्यकर्ता सम्हाल्न सक्नुभएन । हिजो धतुरो रोप्नुभएको थियो, आज सुन्तला फलेन,’ बास्कोटाले भने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports