सासद कोईरीको बिषयलाई लिएर संसदको बैठक आधा घन्टाका लागि स्थगित
वि.सं.२०८० वैशाख १५ शुक्रवार १७:४८
shares

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर विवाद भएपछि संसद बैठक आधा घण्टालाई स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेका अनुसार उनी लगातार २१ वटा बैठकमा अनुपस्थित छन् । अनुपस्थितिको कारणमा विरामी भएको भनिएको छ । सभामुखले उनीलाई विरामी भएकाले संसदमा अनुपस्थिति भएको जानकारी भएपछि एमाले बाहेकका सांसदले उठेर विरोध जनाएका छन् ।
त्यसपछि सभामुख देवराज घिमिरेले संसद बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।



































