linktrix Long Ad
Salt Trading Long Ad

स्थिरताका नाममा निकम्मा र अक्षम सरकारलाई बोकेर बस्न सकिदैन : रास्वपा सासद वाग्ले

754
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट हालै निर्वाचित प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले स्थिरताका नाममा निकम्मा र अक्षम वर्तमान सरकारलाई आफूहरूले बोकेर नबस्ने बताएका छन् । आज शुक्रबार सिंहदरबारमा सभामुख देवराज घिमिरे सँग पद तथा गोपनीयता सपथ लिएपछि सञ्चारकर्मीहरू सँग प्रतिक्रिया दिदै उनले वर्तमान सरकारलाई दिएको समर्थन राष्ट्रय स्वतन्त्र पार्टीले चाँडै फिर्ता लिने सङ्केत गर्दै सरकारलाई बोकेर नबस्ने बताएका हुन् ।

सरकारले रास्वपाको एजेन्डा न्यूनतम कार्यक्रमबाट हटाएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिने उनको भनाइ थियो । वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा रास्वपाका सभापति रवि लामिछाने चितवन–२ र वाग्ले तनहुँ–१ बाट निर्वाचित भएका थिए । उनीहरू दुवै जनाले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

सोही निर्वाचनमा बारा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले भने सपथ लिएका छैनन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports