पूर्वराजा नेपालगञ्जमा
वि.सं.२०८० वैशाख १६ शनिवार ०७:३३
shares

नेपालगञ्ज – पूर्वराजा ज्ञानेन्द्र शाह नेपालगञ्ज आएका छन्। नेपालगञ्जमा बसेर विभिन्न जिल्लाको भ्रमण गर्न पूर्वराजा नेपालगञ्ज आएका हुन्। शुक्रबार साँझ पूर्वराजा नेपालगञ्ज आइपुगेका हुन्।
पूर्वराजालाई राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा, सहायक महामन्त्री ऋषिराज देवकोटा लगायतले विमानस्थलमा स्वागत गरेका थिए। पूर्वराजा सोमबार नेपालगञ्जको बागेश्वरी मन्दिरमा हुने महाआरतीमा सहभागी हुने कार्यक्रम रहेको छ। २० गते नेपालगञ्जमा नागरिक अभिनन्दनको कार्यक्रम रहेको छ।
पूर्वराजा ज्ञानेन्द्र सहित पत्नी कोमल, बुहारी हिमानी र छोरी प्रेरणा पनि नेपालगञ्ज आएको राप्रपाका सहायक महामन्त्री देवकोटाले जानकारी दिए।






































