linktrix Long Ad
Salt Trading Long Ad

निजामती ऐनको माग गर्दै कर्मचारीले दिए सिहदरवारमा धर्ना

923
shares

काठमाडौं । संघीय निजामती कर्मचारी सेवा ऐनको माग गर्दै निजामती कर्मचारीहरुले सिंहदरबारको दक्षिण गेटमा धर्ना दिएका छन् ।उनीहरुले संघीय निजामती ऐन जारी नगरे वैशाख २४ गतेबाट आन्दोलन झनै चर्काउने चेतावनी दिएका छन् । सरकारले आफूहरुका मागलाई चासो नदिए सिंहदरबारको काम ठप्प बनाउने र देशभर आन्दोलन गर्ने उनीहरुको चेतावनी छ ।

धर्ना कार्यक्रममा बोल्दै नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष प्रभात साहले संघीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दा सरकारले बेवास्ता गरेकाले बाध्यतावश बिरोधमा उत्रिनुपरेको बताए । उनले संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन, स्थानीय निजामती सेवा ऐन जारी गर्न सांकेतिक रुपमा आन्दोलन गरेको बताउँदै भने ‘देश संघीयतामा गइसकेपछि हरेकले आफ्ना आफ्ना कानून पाए त्यो अनुसार चले स्थायी सरकारका रुपमा चिनिएका निजामती कर्मचारी ऐन बन्न पाएन ।’

यसअघि पनि निजामती कर्मचारीहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै विभिन्न चरणमा सांकेतिक विरोध जनाउँदै आएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports