linktrix Long Ad
Salt Trading Long Ad

सभामुखले संसदलाई जानकारी गराए टोपबहादुर रायमाझी पक्राउ परेको सूचना

767
shares

काठमाडौं । सभामुख देवराज घिमिरेले सांसद टोपबहादुर रायमाझी पक्राउ परेको सूचना प्रतिनिधिसभा बैठकमा सुनाएका छन् । रायमाझी आइतबार साँझ पक्राउ परेका थिए । रायमाझीलाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा संलग्न भएको आशंकामा अनुसन्धानका लागि पक्राउ गरेको हो ।

सभामुख देवराज घिमिरेले ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा रायमाझीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले वैशाख ३१ गते राति ८ः२५ बजे बुढानीलकण्ठ–४ बाट पक्राउ गरेर हिरासतमा राखेको सदनलाई जानकारी गराए ।

रायमाझी पक्राउ परेको सूचना जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार संघीय संसद सचिवालयलाई जानकारी गराएको थियो । रायमाझी पक्राउ परेको सूचना प्रतिनिधिसभा नियमावलीको नियम २४८ (१) बमोजिम संसदलाई जानकारी गराएको घिमिरेले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports