प्रतिनिधिसभाका बिषयगत समितिका पहिलो बैठक भोली बस्ने
वि.सं.२०८० जेठ १ सोमवार १६:५२
shares

काठमाडौँ – गत मंसिर ४ गते भएको चुनावबाट गठित प्रतिनिधिसभाका विषयगत समितिको पहिलो बैठक मंगलबार आह्वान भएको छ।सभामुख देवराज घिमिरेले मंगलबार बिहान ९ बजे बस्ने गरी प्रतिनिधिसभाका १० वटै समितिको बैठक बस्न सहजिकरण गरिदिएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।
दलहरु बीच समिति नेतृत्वको बारेमा कुरा नमिल्दा विषयगत समितिहरुको बैठक अन्योलमा परेको थियो। आइतबार एमालेलाई तीन वटा समितिको नेतृत्व दिने र बाँकी सत्ता पक्षले नेतृत्व गर्ने सहमति तीन दलबीच भएपछि सभामुख घिमिरेल विषयगत समितिको बैठक बस्न निर्देशन दिएका हुन्।
प्रतिनिधिसभामा अर्थ, अन्तराष्ट्रिय सम्बन्ध समिति, उद्योग तथा वाणिज्य, कानुन न्याय तथा मानवअधिकार, कृषि सहकारी तथा प्राकृति स्रोत, महिला तथा सामाजिक, राज्यव्यवस्था तथा सुशासन, विकास तथा प्रविधि, शिक्षा तथा स्वास्थ्य र सार्वजनिक लेखा समिति रहेका छन्।





































