kumari
stcnepal

आजको मौसम : देशका पहाडी भू- भागमा चट्याङ सहित बर्षा र तराईमा हावाहुरी चल्न सक्ने सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। कोशी र बागमती प्रदेशका पहाडी भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागमा चट्याङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। राति भने कोशी प्रदेशका एक दुई स्थानमा चट्याङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

footer