kumari
stcnepal

जिल्ला अदालत काठमाडौंमा इन्द्रजित राई सहित ३ जनाको बयान

काठमाडौँ । नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा मुद्दा दायर भएकामध्ये आइतबार थप तीन जनाको बहस सुरु भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा मुख्य अभियुक्त इन्द्रजित राई सहित सन्दीप रायमाझी र टंक कुमार गुरुङको बयान सुरु भएको हो ।

यसअघि शुक्रबार  सागर राई र केशव प्रसाद दुलालको लिइएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन् ।  जसअनुसार नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे लगायत उच्च पदस्थहरू समेत पक्राउ परेका छन् ।
 गत बुधबार  उनीहरू विरुद्ध ठगी, सरकारी लिखत किर्ते, राष्ट्रियता विरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको थियो ।  कुल ३० जनालाई प्रतिवादी बनाइएको मुद्दामा १३ जना अझै फरार छन् ।
footer