kumari
stcnepal

काभा महिला भलिबल : उज्वेकिस्तानलाई हराउदै नेपाल तेस्रो स्थानमा

काठमाडौं । काभा वुमन्स च्यालेन्ज कपमा उज्वेकिस्तानलाई ३-१ को सेटमा हराउँदै घरेलु टिम नेपाल तेस्रो भएको छ ।

डिफेन्डिङ च्याम्पियन नेपाल यस पटक भने तेस्रो स्थानमा सीमित बनेको हो । नेपालले उज्वेकिस्तानलाई २५-२०, १६-२५, १५-२५ र १३-२५ को सेटमा पराजित गरेको हो । सेमिफाइनलमा काजाकस्तानसँग हारेपछि नेपालले उज्वेकिस्तानसँग तेश्रो स्थानका लागि खेलेको हो । उज्वेकिस्तान भने सेमिफाइनलमा भारत सित पराजित भएको थियो ।

पहिलो सेटमा २५-२० को हारमा नेपाली टिम सामान्य गल्तीका कारण पछि परेको थियो । तर खेलमा पुनरागमन गरेको नेपालले दोस्रो, तेस्रो र चौथो सेटमा उज्वेकिस्तानलाई पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान बनाएको हो ।

 

footer