कोशी प्रदेश : भीत्र संसदको बैठक बाहिर झडप
वि.सं.२०८० जेठ १४ आइतवार १५:३९
shares

विराटनगर । कोशी प्रदेशस सभाको दोस्रो तथा बजेट अधिवेशनको पहिलो बैठक सुरु भएको छ । प्रदेशको नामाकरणपछि असन्तुष्ट समूहसँग तत्काल वार्ता गरी समस्या समाधान गर्न बैठकको शून्य समयमा बोल्ने सांसदहरुले सरकारलाई आग्रह गरेका छन् ।
प्रदेशसभा भवन बाहिर भने प्रहरी र पहिचान पक्षधरका कार्यकर्ताबीच झडप भइरहेको छ । प्रदेशसभा भवन बाहिर कोशी प्रदेशको विरोधमा उत्रिएका पहिचानवादी र प्रहरीबीच झडप भएको हो । प्रदर्शनकारीले प्रहरी माथि ढुंगामुढा प्रहार गरेका छन् ।
प्रहरी प्रदर्शनकारी माथि अश्रुग्यास पानीको फोहोरा प्रहार गरेको छ । प्रदर्शनकारी माथि प्रहरीले लाठीचार्ज पनि गरेको छ । प्रहरी र प्रदर्शनकारी बीचको झडपका कारण विराटनगरको देवकोटा चोक र आसपासको क्षेत्र दिउँसो १ बजेदेखि तनावग्रस्त बनेको छ ।






































