kumari
stcnepal

आर्थिक बृद्धि दर २.१६ प्रतिशतमा सिमित

चालु आर्थिक वर्ष २०७९/८० मा आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशतमा सीमित हुने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतवार प्रतिनिधि सभा बैठकमा आर्थिक सर्वेक्षण पेश गर्दै आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशतमा सीमित हुने जानकारी गराएका हुन् ।

‘सन् २०२३ मा विश्व आर्थिक गतिविधिमा सुस्तता आई त्यसको प्रत्यक्ष प्रभाव नेपालको अर्थथन्त्रमा समेत परेको छ । अन्तर्राष्ट्रिय आर्थिक परिवेश र संरचनात्मक समस्या, थोक तथा खुद्रा व्यापार, निर्माण र उद्योग मुलक उत्पादन लगायत समग्र आर्थिक क्रिर्याकलापमा संकुचन भई चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धि २ दशमलव १६ प्रतिशत हुने अनुमान छ’ मन्त्री महतले भने ।

पूँजीगत खर्च बढाउन नसक्दा लक्ष्यको तुलनामा आर्थिक वृद्धिदर निकै कम भएको हो । बजेट ल्याउनु पूर्व सरकारले संसदमा आर्थिक सर्वेक्षण ल्याउने गर्छ । आर्थिक वर्ष २०८०/८१ का लागि भोलि सरकारले संसदमा नयाँ बजेट ल्याउँदैछ । ७ प्रतिशत आर्थिक बृद्धिको महत्वाकाक्षा सहित कांग्रेस नेतृत्वको सरकारले गतवर्ष संसदमा बजेट पेश गरेको थियो ।

 

footer