kumari
stcnepal

१९ बुँदे घोषणापत्र जारी गर्दै प्रेससेन्टरको साधारण सभा सम्पन्न

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरूको सङ्गठन प्रेस सेन्टर नेपालको १९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । १९ बुँदे घोषणापत्र जारी गर्दै आइतबार काठमाडौँको शंखरापुरमा साधारण सभा सम्पन्न भएको हो ।

घोषणापत्र मार्फत प्रेस सेन्टरले लोककल्यणकारी विज्ञापन छापा, टेलिभिजन, रेडियो र अनलाइन सञ्चार मध्यम समावेश गर्न पटक पटक आग्रह गरिए पनि सुनुवाइ नभएको भन्दै ध्यानाकर्षण गराएको छ । यसै गरी सरकारले बजेट मार्फत सम्बोधन गरेको लोककल्याणकारी विज्ञापन तत्काल उपलब्ध गराउन आग्रह गरिएको छ ।

दुर्घटना बिमा, र स्वास्थ्य बिमा अनिवार्य लागु गरी देशभरका अस्पतालमा पत्रकार र पत्रकारका तीन जनाको परिवारलाई निःशुल्क उपचार गर्न माग गरिएको छ । पत्रकार शुद्धीकरणमा नेतृत्व गर्दै आएकाले त्यसमा प्रतिबद्ध भएर सहयोग गर्ने पनि प्रेस सेन्टरले जनाएको छ ।

footer