पछिल्लो समयमा रास्वपा र बालेन सरकारबीचमा केही विवाद उत्पन्न भएको छ । रास्वपाका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

इरान – अमेरिका बीचको तनावकाकारण कच्चा तेलको मूल्य फेरी बढ्यो

1.07K
shares

काठमाडौँ । इरान र अमेरिकाबीच जारी तनाव तथा होर्मुज जलघाँटी पुनः खोलिने विषयमा अनिश्चितता कायमै रहँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ।

रोयटर्सका अनुसार सोमबार नेपाली समयअनुसार बिहान ६ बजेर ४१ मिनेटसम्म ब्रेन्ट कच्चा तेलको वायदा मूल्य ९१ सेन्ट अर्थात् १.०९ प्रतिशतले बढेर प्रतिब्यारेल ८४.४६ अमेरिकी डलर पुगेको छ।त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) कच्चा तेलको मूल्य ६१ सेन्ट अर्थात् ०.७८ प्रतिशतले बढेर प्रतिब्यारेल ७८.७९ डलर पुगेको छ।

गत साता भने दुवै प्रमुख तेलको मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको थियो। इरान र ओमानबीच छिट्टै सम्झौता हुने र त्यसपछि होर्मुज जलघाँटी पुनः खोलिने आशाका कारण तेलको मूल्यमा गिरावट आएको थियो।युद्धअघि विश्वको कुल तेल आपूर्तिको करिब पाँचौँ हिस्सा होर्मुज जलमार्गमार्फत हुने गरेको थियो। त्यसैले यो जलघाँटी बन्द हुँदा विश्वव्यापी तेल आपूर्तिमा असर पर्न सक्ने चिन्ता बढेको छ।

तेहरानले ओमानसँगको सम्झौता अन्तिम चरणमा पुगेको जनाएको छ। तर इरानले सम्झौता अघि बढाउन अमेरिकाले अझै केही सर्त पूरा गर्नुपर्ने बताएको छ। यसले तेल बजारमा थप अनिश्चितता सिर्जना गरेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports