गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

देउवा नै पुन सभापति वन्ने प्रवल सम्भावना

858
shares

 

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले १४ औं महाधिवेशनअन्तर्गत भएका पालिका (स्थानीय तह) अधिवेशनमा सभापति देउवा पक्ष बलियो रहेको दाबी गरेको छ ।
सात सय ५३ पालिकामध्ये अहिलेसम्म भएका छ सय ५ वटा पालिकामा अधिवेशन सकिएको छ । यीमध्ये दुई सय ५० मा सभापति देउवा पक्षनिकट नेता पालिका नेतृत्व जितेको दाबी देउवा पक्षले गरेको छ । त्यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेलनिकटले एक सय ८० पालिकामा सभापति जितेका छन् ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका १६ जनाले पालिका सभापति जितेका छन् भने उपसभापति विजयकुमार गच्छदार पक्षका २ जनाले पालिका सभापति जितेका छन् ।

पालिका अधिवेशन भए पनि ४९ क्षेत्रका सभापति भने कुन पक्ष निकट हुन् भन्ने खुलेका छैनन् ।
प्रदेश नम्बर १ को १६६ पालिकामा अधिवेशन भएकोमा सभापति देउवा पक्षले ६० पालिकामा जितेको छ भने पौडेल पक्षले ४९ पालिकामा जितेको छ । सिटौला पक्षले १३ पालिका सभापति जितेका छन् ।

बागमती प्रदेशमा ९९ वटा पालिकामा अधिवेशन सकिएको छ । यीमध्ये ५३ पालिकामा देउवा पक्षले जितेको छ भने ३३ पालिका पौडेल पक्षले जितेकोमा केही पालिका सभापति भने कतैतिर पनि खुलेका छैनन् । यसरी अहिलेसम्मको अवस्था हेर्दा आउदो मंसिरमा हुने काग्रेसको महाधिवेशनवाट देउवा पक्ष, कृष्णाप्रसाद सिटौला पक्ष र विजय गच्छेदार एक जुट भएको खण्डमा देउवा नै पुनः सभापति बन्ने प्राय निश्चित जस्तै देखिएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports