पछिल्लो समयमा रास्वपा र बालेन सरकारबीचमा केही विवाद उत्पन्न भएको छ । रास्वपाका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ६ सय ५ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ

403
shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ६ सय ५ ग्राम सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

विमानस्थलस्थित सशस्त्र प्रहरी बलले चिनियाँ नागरिकलाई सुनसहित पक्राउ गरेको हो । आज बिहान ११ः४१ बजे दुबईबाट हिमालयन एयरलाइन्सको उडान नम्बर एच९३५३ मार्फत काठमाडौं आएका चिनियाँ नागरिक बिनबिन लि पक्राउ परेका हुन् ।

विमानस्थलको भन्सार क्षेत्रमा रहेको वाक थु्र गेटमा जाँच गर्ने क्रममा उनले हातमा बोकेको ज्याकेटको खल्तीभित्र लुकाइछिपाइ ल्याएको सुन फेला परेको हो । उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports