आज बुधवार प्रतितोला ६ हजार ९ घट्यो सयले सुनको मूल्य, कतिमा हुदैँछ कारोवार ?
वि.सं.२०८३ मंसिर २ बुधवार १२:५५
shares

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रम रोकिएको छैन । तिहारपछि लगातार चौथो दिन बुधबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ हजार तीन सयले घटेर दुई लाख ६० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुन तोलाको दुई लाख ६७ हजार दुई सय रुपैयाँमा किनबेच भएको थियो । सोमबार सुन तोलाको दुई लाख ६९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बुधबार प्रतितोला ११० रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ३ हजार ३८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


































