भोलि राष्ट्रियसभाको बैठक बस्ने
वि.सं.२०८० साउन ३ बुधवार १६:१४
shares

काठमाडौँ । बिहीबार राष्ट्रियसभाको बैठक बस्ने भएको छ । संघीय संसद सचिवालयले बिहीबार दिउँसो १ बजेर १ मिनेटका लागि तय भएको बैठकको सम्भावित कार्यसूची सार्वजनिक सार्वजनिक गरेको छ ।
जसअनुसार राष्ट्रियसभा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयकलाई प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेछन् । त्यसपछि उद्योगमन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापार विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।





































