linktrix Long Ad
Salt Trading Long Ad

प्रस्तावित राजदूतका बिरूद्ध १० दिन भीत्रमा उजुरी दिन आव्हान

663
shares

संसदीय सुनुवाइ समितिले प्रस्तावित छ जना राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । समितिको आज बसेको बैठकले उक्त निर्णय गरेको हो । सुनुवाईअघि उजुरीको निम्ति १० दिनको म्याद दिइनेछ ।

सरकारले गत साता छ वटा मुलुक र नियोगमा राजदूत प्रस्ताव गरेको थियो । परराष्ट्र मन्त्रालयका सहसचिवहरु लोकबहादुर थापालाई न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधिमा, रामप्रसाद सुवेदीलाई जेनेभा, सुधीर भट्टराईलाई फ्रान्स, घनश्याम लम्साललाई कुवेत, तेजबहादुर क्षेत्री संयुक्त अरब इमिरेट्स र धनबहादुर वलीलाई थाइल्याण्डका लागि राजदूतमा सिफारिस गरिएको छ ।

प्रस्तावित व्यक्ति विरुद्ध स्पष्ट आधार खोलेर सूचना वा उजुरी दिन पाइनेछ । त्यसको निम्ति सूचना प्रकाशित गर्ने निर्णय आजको बैठकमा भएको हो ।राजदूत नियुक्तिमा कम्तीमा ५० प्रतिशतमा नघटाई परराष्ट्र सेवामा रहेका प्रथम श्रेणी वा विशिष्ट श्रेणीका कर्मचारी र बाँकी अन्य क्षेत्रमा विशेष योगदान पुर्याएकालाई नियुक्त गर्ने भनिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports