विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आर्थिक वर्ष २०८०/८१ को धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक

767
shares

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आइतबार एक कार्यक्रमका बीच आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । आर्थिक वर्षको विनियोजित बजेटको लक्ष्य, मौद्रिक नीतिले लिएको बाटोलाई अंगाल्दै समग्र धितोपत्र बजारको विस्तार एवम् सुधारमा केन्द्रीत हुनेगरी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याइएको बोर्डले जनाएको छ । पुँजी बजारमा लगानीकर्ताको संख्यामा वृद्धि तथा प्रतिस्पर्धात्मक वातावरणको विकास गर्न एवं गैर आवासीय नेपाली नागरिकहरु (एनआरएनए) हरुलाई पुँजी बजारमा सहज प्रवेशका लागि आवश्यक कानुनी तथा संस्थागत पूर्वाधार तयार गर्ने कार्यक्रम धितोपत्र बोर्डले अघि सारेको छ ।

यस्तै, वस्तु विनियमय बजार सञ्चालनमा ल्याउने, धितोपत्र बजार तथा वस्तु विनिमय बजारमा अनुमतिपत्र प्रदान गर्ने प्रणालीलाई थप प्रभावकारी, व्यवस्थित एवं पारदर्शी बनाई तोकिएको मापदण्ड पुरा गरेका संस्थाहरुलाई निश्चित समयावधि भित्र खुला प्रणाली (ओपन सिस्टम) मार्फत अनुमतिपत्र प्रदान गर्ने बोर्डले जनाएको छ । नवीनतम ज्ञान, सीप/क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्ति सँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायको प्रवद्र्धन गर्न आवश्यक पुँजी परिचालनका लागि पीई/भीसी इकोसिस्टम निर्माण तथा एसएमई इन्ड्रष्ट्री विकासको सिग्नेचर पोलिसी लिई उद्यमशीलता प्रवद्र्धन तथा इन्टरप्राइज डेभलपमेन्ट मार्फत अर्थतन्त्रमा नयाँ धार सिर्जना गर्ने समेत बोर्डले आफ्नो नीति तथा कार्यक्रममा राखेको छ ।

खासगरी यस वर्ष नीति तथा कार्यक्रमलाई विकासात्मक र नियमित गरी दुई भागमा विभाजन गरिएकोमा विकासात्मक कार्यक्रम अन्तर्गत नीतिगत तथा कानुनी व्यवस्था तथा सुधार र सूचना प्रणालीको विकास र प्रयोग, अध्ययन तथा अनुसन्धान मार्फत बोर्डको बजार नियमन तथा सुपरिवेक्षण क्षमता अभिवृद्धि समेत गरिने बताइएको छ । यस्तै नियमित गर्ने कार्यक्रमहरुलाई समेत थप प्रभावकारी र व्यवस्थित बनाउन विशेष ध्यान दिइने बोर्डले जनाएको छ । प्रस्तुत कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरी धितोपत्र बजार तथा वस्तु विनियम बजारको विकास, विस्तार तथा सुधार गर्नेतर्फ सशक्त भूमिका खेल्न प्रतिवद्ध रहेको समेत बोर्डले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports