विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भावी प्रधानन्यायाधीश सिफारिस बारे छलफल गर्न संवैधानिक परिषदको बैठक बोलाइयो

624
shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संवैधानिक परिषदको बैठक बोलाएका छन् । उपसभामुख इन्दिरा रानाले मंगलबार अपराह्न चार बजे बैठक बस्नेगरी खवर आएको बताइन् । ‘मंगलबार बेलुका ४ बजे बैठक बस्ने खवर आएको छ’, उपसभामुख रानाले भनिन्, ‘एजेण्डा खुलाइएको छैन । ’

बैठकमा भावी प्रधानन्यायाधीश सिफारिस बारे छलफल हुने बताइएको छ । हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल यही साउन २० गते सकिँदैछ । न्याय परिषद् ऐन, २०७३ को दफा ४ मा सर्वोच्च अदालतमा उमेर हदका कारण कुनै न्यायाधीश अवकाशमा गई न्यायाधीशको पद रिक्त रहने अवस्था भएमा रिक्त हुने समय भन्दा एक महिना अगावै सिफारिस गर्ने कानुनी व्यवस्था छ । न्याय परिषद् ऐन, २०७३ को दफा ४ मा ‘नियुक्तिका लागि सिफारिस गर्ने अवधि’ बारे उल्लेख छ ।

प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली सँगको भेटवार्तामा संवैधानिक परिषदको बैठक बोलाउने बारे छलफल गरेका थिए । त्यसपछि प्रधानमन्त्रीले संवैधानिक परिषदको बैठक बोलाएका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports