linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले निर्देशिका, २०८० सामान्य परिमार्जन सहित सर्वसम्मतले पारित गर्यो

1.82K
shares

काठमाडौं । नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले आफने निर्देशिका, २०८० सामान्य परिमार्जन सहित सर्वसम्मतले पारित गरेको छ । विभागको आज बसेको बैठकले सो निर्देशिका पारित गरेको पार्टी कार्यालयले जनाएको छ । विभाग प्रमुख मीनबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले पुस्तकालय व्यवस्थापन तथा सञ्चालनका लागि कांग्रेस केन्द्रीय कार्यालय सँग समन्वय गर्ने निर्णय गरेको छ ।

यसैगरी विभागका प्रमुख एवं सदस्यबीच सूचना प्रविधि सम्बन्धी पुनर्ताजगी कार्यक्रम गर्ने र सोको मिति, समय र स्थान प्रमुखले तोक्ने तथा नियमन तथा व्यवस्थापन गर्ने उद्देश्यले पार्टीका यस विभागको सबै तहका समितिलाई केन्द्रीय कार्यालयको जस्तै फेसबुक एकाउण्ट खोल्न आग्रह गर्ने निर्णय गरेको छ ।यसैगरी बैठकले लोकतन्त्रमा आस्था राख्ने सञ्चार गृह र सञ्चारकर्मीको विवरण प्रेस युनियनसँग समन्वय गरी सङ्कलन गर्ने निर्णय गरेको पार्टी कार्यालयले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports