linktrix Long Ad
Salt Trading Long Ad

परराष्ट्र मन्त्रालयले गलत सूचनाका आधारमा विदेशको सेनामा काम गर्न नजान सूचित गर्यो

715
shares

काठमाडौं । परराष्ट्र मन्त्रालयले गलत सूचनाका आधारमा विदेशको सेनामा काम गर्न नजान सूचित गरेको छ । मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा नेपाली नागरिक विदेशी सेनामा भर्ना भएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको भन्दै सचेत गराएको हो ।

विभिन्न सञ्चार माध्यममा रुसी सेनामा नेपालीहरु भर्ना भएको समाचार आएको थियो । ‘विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना सम्बन्धमा परम्परागत रूपमा सम्झौता अन्तर्गत केही मित्रराष्ट्रको राष्ट्रिय सेनामा भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सम्बन्धी नेपाल सरकारको नीति नरहेको जानकारी गराइन्छ’, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ यस्ता कार्यमा संलग्न हुँदा आइपर्ने जोखिम र उद्धारमा हुने कठिनाइप्रति सजग रहन सूचित गरिन्छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports