विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अहिले कसैले अध्यक्षको विकल्प खोजेको छैन : उपमहासचिव वर्षमान पुन

676
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टीमा कसैले पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प नखोजेको बताएका छन् । तर उत्तराधिकारी तयार पार्न विधि भने विकास गर्नुपर्ने बताए । काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा चलिरहेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उपमहासचिव पुनले प्रचण्डलाई सहयोग गर्न आफू तयार रहेको बताए ।

‘अहिले कसैले अध्यक्षको विकल्प खोजेको छैन । अध्यक्षलाई सम्पूर्ण रूपले सहयोग गरेर जान म तयार छु’ पार्टीमा विचारको नभई विधिको समस्या रहेको भन्दै उनले भने, ‘तर उत्तराधिकारी तयार पार्ने विधिको विकास गरेर जाऔं ।’ उनले पार्टी संगठनमा तीन एकको (पाका, प्रौढ र युवा) नीति लागू गर्नुपर्ने उनको प्रस्ताव छ । उनले सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गरेको भन्दै जस्तोसुकै अप्ठ्यारो परिस्थिति आएपनि बीचैमा नरोकिने र रोक्न नहुने बताए ।

‘छानबिन गर्दा पार्टीकै कोही नेता परे पनि सजाय भोग्न तयार हुनुपर्छ’ एक क्विन्टल सुन तस्करीमा पक्राउ परेका चिनियाँ नागरिक दावा छिरिङसँग आठ वर्षअघि खिचेको सामूहिक तस्वीरलाई लिएर आफूबारे उठेको प्रश्नप्रति लक्षित गर्दै उनले भने, ‘यो अभियानले हामी कसैको बलिदान माग्छ भने पनि तयार हुनुपर्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports