विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उत्तराखण्डको पहिरोमा परी बेपत्ता भएका मध्ये तीन नेपालीको पहिचान खुल्यो

598
shares

महेन्द्रनगर । गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएका मध्ये तीन नेपालीको पहिचान खुलेको छ । कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो ।

भारतको राजधानी नयाँदिल्ली स्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीका अनुसार कालिकोट घर भई गौरीकुण्ड क्षेत्रमा काम गर्ने तीन जनाको उनीह?का आफन्तबाट पहिचान खुलेको हो । ‘घटनास्थलमै रहेका आफन्तबाट तीन शवको पहिचान खुलेको हो’, नयाँदिल्लीबाट उनले भने । घटनास्थल वरपर सयौँ नेपाली नागरिक घोडा चालकका ?पमा स–साना होटल सञ्चालन तथा अन्य मजदुरी गरेर बस्दै आएको वरिष्ठ प्रहरी उपरीक्षक चर्तुवेदीले बताए ।

बेपत्ताको खोजीका लागि भारतीय पक्षसित समन्वय भइरहेको उनले जानकारी दिए । बिहीबार राति देखि परेको वर्षाका कारण रूद्रप्रयागको गौरीकुण्डमा पहिरो जाँदा १३ नेपाली सहित १९ जना बेपत्ता भएका थिए । बेपत्ताको खोजी जारी छ । उक्त क्षेत्रमा लामो समय देखि नेपाली नागरिक परिवारका अन्य सदस्य सहित काम गर्दै आएका छन् । सो स्थानमा नेपाली नागरिकले सञ्चालन गरेका तीन होटल पहिरोले बगाएको बताइएको छ । बेपत्ताको खोजीका लागि नयाँ दिल्ली स्थित दूतावास मार्फत पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports