विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रभु बैंकको नाफा ४८ प्रतिशत भन्दा बढीले बढ्यो

624
shares

काठमाडौंं । प्रभु बैंकले नाफामा उल्लेख्य सुधार गरेको छ । गत वर्ष बैंकले पौने तीन अर्ब खुद नाफा कमाएको छ । बैंकले शनिबार प्रकाशित गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा बैंकले २ अर्ब ८२ करोड ५२ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको छ । जुन, अघिल्लो आवको तुलनाम प्रतिशतले ४८.४३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा भने बैंकले १ अर्ब ९० करोड २० लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि उल्लेख्य मात्रमा वृद्धि भएको छ । अघिल्लो आवको असार मसान्तसम्ममा ५ अर्ब ७४ करोड २८ लाख १३ हजार रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले गत वर्ष भने ७८.६२ प्रतिशतले वृद्धि गरेको छ । गत आवमा बैंकको यस्तो आम्दानी १० अर्ब २५ करोड २५ करोड ७९ लाख ९० हजार रुपैयाँ पुगेको छ । यस्तै, खुद संचालन आम्दानी ९ अर्ब ८५ करोड ४७ लाख रुपैयाँ र कुल संचालन आम्दानी १२ अर्ब २९ करोड २८ लाख रुपैयाँ पुगेको छ । बैंकको खुद ब्याज आम्दानी, संचालन नाफा वृद्धि भएकाले नै खुद नाफामा छलाङ मारेको हो ।

समिक्षा अवधिमा बैंकको संचालन नाफा ४ अर्ब ७ करोड ३७ लाख ८३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा भने बैंकको यस्तो नाफा २ अर्ब ८५ करोड २२ लाख रुपैयाँ मात्रै रहेको छ । यस्तै, बैंकको वितरण योग्य नाफा १६ करोड १६ लाख ५५ हजार रुपैयाँ रहेको छ । बैंकको चुक्तापुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने १० अबर्ब २ करोड ८ लाख रुपैयाँ राखेको छ ।

समिक्षा अवधिमा बैंकको निक्षेप संकलन पनि ६१.८१ प्रतिशतले बढेर २ खर्ब ८९ अर्ब ९ करोड ९ लाख रुपैयाँ पुगेको छ । बैंकको कर्जा लगानी पनि ६३.८५ प्रतिशतले बढेर २ खर्ब ३८ अर्ब २१ करोड ५ लाख रुपैयाँ पुगेको छ । तर, बैंकको खराब कर्जा भने २.३ प्रतिशतले वृद्धि भई ४.१६ प्रतिशत पुगेको छ। अघिल्लो आवको सोही अवधिमा भने बैंकसंग १.८६ प्रतिशत मात्रै खराब कर्जा थियो ।बैंकले सेञ्चुरी बैंकले प्राप्ति गरेपछि खराब कर्जा वृद्धि भएको हो । प्रोभिजनिङको लागि बैंकले २ अर्ब ४१ करोड रुपैयाँ छुट्याएको छ। बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ २५ पैसा कायम भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports