linktrix Long Ad
Salt Trading Long Ad

धितोपत्र बोर्डले थप तीन कम्पनीलाई ब्रोकर लाइसेन्स दियो

793
shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप तीन कम्पनीलाई धितोपत्र दलाल (ब्रोकर) लाइसेन्स दिएको छ।

गत साउन २४ गतेको बोर्डको निर्णयअनुसार जेबीएनएल सेक्युरिटिज, आरबीबी सेक्युरिटिज र सीबीआईएल सेक्युरिटिज लिमिटेडले ब्रोकर लाइसेन्स पाएका हुन्। यी तीनवटै कम्पनीले सीमित काम गर्ने गरी लाइसेन्स पाएका छन्।

बोर्डले थप ब्रोकर लाइसेन्सका लागि आवेदन खुल्ला गरेकोमा पछिल्लो समय आवेदन परेका कूल ४५ कम्पनीहरु मध्येबाट ३२ कम्पनीलाई विभिन्न चरणमा लाइसेन्स प्रदान गरिसकेको छ । पहिलो चरणमा ७ वटा कम्पनीलाई लाइसेन्स प्रदान गरेको थियो भने दोस्रो चरणमा ११, तेस्रो चरणमा ११ र चौथो चरणमा ३ कम्पनीहरूलाई ब्रोकर लाइसेन्स प्रदान गरिएको हो । बोर्डबाट दोस्रो चरणसम्म लाइसेन्स प्राप्त गरेका १८ कम्पनी मध्ये १७ कम्पनीहरूले नेप्सेको सदस्यता समेत पाइसकेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports