शर्मा माथि पहिले नै अनुसन्धान सुरु भएकामा अहिले एक्कासी किन पक्राउ गरियो र छाडियो ? : राजेन्द्र लिङ्देन
वि.सं.२०८० साउन २७ शनिवार १६:१९
shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद सुनिल शर्मालाई पक्राउको विषयले सरकार माथि प्रश्न उठाएको बताएका छन् । शनिबार ३४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय चाबहिलमा आयोजित रक्तदान कार्यक्रममा उनले शर्मा माथि पहिले नै अनुसन्धान सुरु भएकामा अहिले एक्कासी किन पक्राउ गरियो र छाडियो भन्ने प्रश्न सरकार माथि उठेको बताएका हुन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सांसद शर्मालाई बिहीबार उनकै निवासबाट पक्राउ गरेको थियो । तर शुक्रबार जिल्ला अदालत काठमाडौंले उनी माथि अनुसन्धानका लागि थुनामा नै राख्नुपर्ने नदेखिएको भन्दै छाड्न आदेश दिएको थियो । नक्कली प्रमाणपत्रको आरोपमा पक्राउ परेका अरु चिकित्सकहरु भने थुनामा नै छन् । राप्रपा अध्यक्ष लिङ्देनले आफूहरुको प्राथमिकता सत्ता नभएको बताए । उनले नेपाली युवाहरुले राजनीति काम छैन भनेर पर बस्ने नभई राजनीतिमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने धारणा राखे ।





































