विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल एयरलाइन्सले साउदीको दमाममा उडान थाल्ने, बुकिङ खुल्ला भाडा ३५ हजार

598
shares

काठमाडौं । राष्ट्यि ध्वजाबाहक नेपाल एयरलाइन्सले आफ्नो ११ औं अन्तर्राष्ट्रिय गन्तव्यका रुपमा साउदी अरेबियाको दमाममा उडानको मिति तय गरेको छ ।सो गन्तव्यका लागि कम्पनीले शनिबार बाट बुकिङ खुला गरेको नेपाल वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । उनका अनुसार यहाँ भदौ २० अर्थात ६ सेप्टेम्बरबाट नियमित उडान हुने भएको छ ।

यस रुटमा साताको दुई दिन बुधबार र शनिबार उडान हुने भएको छ । थप माग अनुसार गन्तव्य विस्तार गरिने पौडेलले जानकारी दिए । काठमाडौं-दमाम प्रमोसनल फेयर ३५ हजार रुपैयाँ तोकिएको छ । दमाम-काठमाडौंका लागि भने ५९५ साउदी डलर फेयर तोकिएको छ । साउदी धेरै नेपाली रोजगारीमा जाने गन्तव्य हो । यसले नेपालीहरुको आवतजावतलाई ठूलो राहत पुग्ने पौडेलले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports