विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कोशी प्रदेशमा बिश्वासको मतका लागि राप्रपाका सांसदलाई १० करोड र मन्त्री पदको अफर

767
shares

काठमाडौं । कोशी प्रदेश सभामा निर्णायक शक्ति बनेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गठबन्धन सरकारले विश्वासको मत लिनुअघि सांसद खरिदको प्रयास भएको खुलासा गरेका छन् । लिङदेनले आफ्नो आधिकारिक फेसबुक पेज र ट्वीटर मार्फत प्रदेश सभा सदस्यलाई मन्त्री र १० करोड रुपैयाँको प्रस्ताव गरेको दावी गरेका छन् ।

अध्यक्ष लिङदेनले कुन पार्टीका सांसदलाई भनेर उल्लेख नगरे पनि राप्रपाका सांसदलाई मन्त्री बनाइदिने वा १० करोड रुपैया दिने प्रस्ताव आएको निकट स्रोतले जनाएको छ । राप्रपाले मुख्यमन्त्री उद्धब थापालाई विश्वासको मत नदिने भएपछि सांसद खरिद गर्न खोजिएकाले सांकेतिक रुपमा उनले यो खुलासा गरेको राप्रपा स्रोतले जनाएको छ ।

मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने कार्यक्रम छ । गठबन्धन सँग ४७ सीटको बहुमत भए पनि उपसभामुख एमालेको भएकाले उनी अनुपस्थित भएमा वा राजीनामा दिएमा र अन्य पार्टीका जेष्ठ सदस्य पनि अनुपस्थित भएमा सभाको अध्यक्षता सत्तापक्षका सांसदले गर्ना साथ बहुमत पाउने छैनन् । राप्रपाले कोशीमा मात्र सत्ता साझेदारी नगर्ने भन्दै विश्वासको मत नदिने बताइसकेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports