linktrix Long Ad
Salt Trading Long Ad

अब बुद्ध एयरको टिकट नि : शुल्क रद्ध गर्न पाइने

689
shares

काठमाडौं। नेपालको आन्तरिक उड्डयन क्षेत्रमा राम्रो पकड बनाएको बुद्ध एयरको टिकट अब नि:शुल्क रद्द गर्न पाइने भएको छ । बुद्ध एयर र एनएमबि बैंकको सहकार्य मार्फत अब यात्रुहरूले कुनै पनि कारणबाट जहाज छुटेमा वा यात्रा गर्न नपरेमा नि:शुल्क रूपमै टिकट रद्द गर्न पाउने भएका हुन् । यो सुविधाका लागि बैंक र एयरलाइन्स कम्पनीले आज ‘एनएमबि बुद्ध भिसा डेबिट कार्ड’ सार्वजनिक गरेका छन् ।

हिजो काठमाडौंमा आयोजित विशेष समारोहमार्फत बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसी र बुद्ध एयरलाइन्सका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेत लगायतले संयुक्त रूपमा ‘एनएमबि बुद्ध भिसा डेबिट कार्ड’ सार्वजनिक गरे । बैंकले जारी गरेको यो कार्डवाहकले फ्री टिकट क्यान्सिलेशनका साथै अन्य विभिन्न सुविधाहरू समेत पाउने छन् । को–ब्रान्डेड डेविट कार्डले ग्राहकहरूको यात्रालाई अझै सहज बनाउने विश्वास एनएमबि बैंक र बुद्ध एयरले लिएको जनाएका छन् । ‘को–ब्राण्डेड कार्ड बैंकिङ क्षेत्रकै सम्भवत: पहिलो प्रयोग हो । एनएमबि बैंक जहिले पनि फरक बैंकिङ गर्न खोजिरहेको हुन्छ र गर्दै आएको छ, त्यसैको निरन्तरता हो ‘एनएमबि बुद्ध भिसा डेबिट कार्ड’ । बुद्ध एयरसँग जुन सहकार्य गरेर हामीले नयाँ स्किम ल्याएका छौँ त्यो ऐतिहासिक प्रडक्ट हो,’ एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसीले भने ।

को–ब्रान्डेड डेविट कार्डका ग्राहकहरूले काठमाडौँ उपत्यका भित्र रहेका बुद्ध एयरका तीन काउन्टरहरू, एयरपोर्ट, सिनामंगल र जावलाखेलबाट हवाई टिकट खरिद गर्दा हवाई भाडामा १०% छुट पाउने जानकारी पनि उनले दिएका छन् । यसका साथै ग्राहकहरूले आन्तरिक टर्मिनलबाट यात्रा गर्दा थप ५ किलो सामान नि:शुल्क लैजान पाउने छन् । एनएमबि बुद्ध भिसा डेबिट कार्ड प्रयोेग गर्ने ग्राहकहरूलाई शत प्रतिशत भाडा (१००% क्यास ब्याक) फिर्ता गर्नु यस कार्डको मुख्य विशेषता रहेको सीईओ केसीको भनाइ थियो । नेपालको जुनसुकै कुनामा रहेका एटीएमबाट नि:शुल्क नगद झिक्ने सुविधा समेत को–ब्रान्डेड डेविट कार्डका प्रयोगकर्ताहरूलाई प्रदान गरिएको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरू, १४६ एटीएमहरू र १२ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports