linktrix Long Ad
Salt Trading Long Ad

प्रधानसेनापति शर्मा ७ गते आइतवार नयाँ दिल्ली जाने

832
shares

काठमाडौं। प्रधानसेनापति प्रभुराम शर्मा आगामी आइतबार भारतको नयाँ दिल्ली जान लागेका छन् । नयाँ दिल्लीमा यही असोज ८ देखि १० गतेसम्म हुने तेह्रौँ संस्करणको इण्डो–प्यासिफिक सेना प्रमुख सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जान लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाल सरकारको भदौ २३ गतेको निर्णय बमोजिम नियमित रूपमा सञ्चालन हुँदै आएको यस सम्मेलनमा प्रधानसेनापति सहभागी हुन लागेका हुन् । सम्मेलनका क्रममा आयोजना हुने ४७औँ इन्डो–प्यासिफिम आर्मिज व्यवस्थापन गोष्ठीमा उपरथी योगराज शर्मा र महासेनानी वसन्तबहादुर गौतम सहभागी हुनेछन् । भ्रमण दलमा यसपटक सेना प्रमुख सुवेदार रत्नबहादुर थापामगर पनि संलग्न रहने निर्देशनालयले जनाएको छ ।

भारत र संयुक्त राज्य अमेरिकाका सेनाको सहआयोजनामा सञ्चालन हुने यसपटकको सम्मेलनमा सहभागी भई प्रधानसेनापतिको नेतृत्वको टोली असोज ११ गते स्वदेश फर्कने छ । नियमित रूपमा सञ्चालन हुँदै आएको यस कार्यक्रममा सहभागिताबाट मित्रराष्ट्रका सैन्य संगठनहरूका बीच सुमधुर सम्बन्ध विकासमा थप मद्दत पुग्ने सेनाले विश्वास लिएको छ । साथै मानवीय सुरक्षाका साझा चासोका विषयमा ज्ञान र अनुभवको आदान प्रदानका लागि उपयुक्त अवसर प्राप्त हुने जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports