विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओवादी केन्द्रले भूकम्प प्रभावित कर्णाली प्रदेशका पीडितहरूको राहत र पूनर्निमाणमा ५० लाख दिने

598
shares

काठमाडौँ । सत्तारुढ दल माओवादी केन्द्रले भूकम्प प्रभावित कर्णाली प्रदेशका पीडितहरूको राहत र पूनर्निमाणमा रु. ५० लाख दिने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारीको अनौपचारिक बैठकले पीडितहरूलाई पार्टीको कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय भएको सचिव गणेश साहले जानकारी दिए ।

यस्तै राहत र पुनर्निमाणका लागि सबै प्रदेश कमिटीसँग समन्वय गर्ने जिम्मा महासचिव देव गुरुङलाई दिएको छ । ‘बैठकले पीडितहरूको उद्धारका लागि रु.५० लाख दिने निर्णय भएको छ । सबै प्रदेश कमिटीसँग समन्वय गर्न महासचिव देव गुरुङजीलाई जिम्मेवारी दिएको छ’,  उनले भने ।

राहत, पुनर्निमाणका लागि सिंगो पार्टी कमिटी, केन्द्रीय निकाय, जवस/मोर्चा लगायतलाई निर्देशन दिएको उनले बताए । शुक्रबार राति जाजरकोटको रामिडाँडामा ६.४ म्याग्निच्युटको भूकम्प जाँदा १५७ जानाको ज्यान गएको थियो । २५६ जना घाइते भएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports