राप्रपाले भूकम्प पिडितलाई २५ लाख सहित आफ्ना सांसदको एक महिनाको तलव दिने
वि.सं.२०८० कात्तिक १९ आइतवार १५:१४
shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जाजरकोट भूकम्प प्रभावितहरूका लागि २५ लाख लिदने निर्णय गरेको छ ।आइतबार बिहान बसेको केन्द्रीय पदाधिकारी बैठकले पार्टीका तर्फबाट सरकारलाई २५ लाख दिने निर्णय गरेको हो ।
त्यस्तै सो पार्टीका प्रदेश तथा सङ्घीय सांसदको एक महिनाको तलब सरकारको दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । साथै सो पार्टीले भूकम्प प्रभावित क्षेत्रमा उद्धार गर्न पार्टीका तर्फबाट सहयोग गर्न जाजरकोटका लागि सांसद ज्ञानबहादुर शाही र रुकुम पश्चिमका लागि सहायक महामन्त्री सौरेन्द्रबहादुर शाहको संयोजकत्वमा जनपरिचालन गर्ने निर्णय गरेको छ ।





































