विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अब नेपालमा चलिरहेका सबै सामाजिक संजाल संञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अनिवार्य दर्ता गर्नु पर्ने

702
shares

काठमाडौँ । अबदेखि नेपालमा चल्ने सबै सामाजिक सञ्जाल प्लेटफर्म सूचीकरण गर्नुपर्ने भएको छ । अव्यवस्थितरुपमा चल्दै आएका सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने योजनासहित सरकारले जारी गरेको निर्देशिकामा सबै सामाजिक सञ्चाल प्लेटफर्म अनिवार्यरुपमा सूचीकरण गर्नुपर्ने व्यवस्था गरेको हो ।

सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले यस निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरण गर्नुपर्ने छ । यसअघिदेखि नै सञ्चालनमा रहेका सामाजिक सञ्जालसमेत निर्देशिका लागू भएको ३ महिना भित्रमा सूचीकृत भइसक्नुपर्ने व्यवस्था छ ।

यसका लागि सञ्जाल प्लेटफर्मका व्यक्ती, कम्पनी वा संस्थाले निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरणको निवेदन दिनुपर्ने छ । निवेदन दिन स्वयं उपस्थित हुन पाउने र अनलाईनमार्फत समेत गर्न पाउने व्यवस्था गरिएको छ । सूचीकरणका लागि आएका निवेदनमध्येबाट मानसिव देखिएका सामाजिक सञ्जाललाई मात्रै नेपालमा सञ्चालनको अनुमति दिइने व्यवस्था निर्देशिकाले गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports