linktrix Long Ad
Salt Trading Long Ad

टिकटक बन्द गर्ने सरकारको निर्णय बिरुद्धमा परेको मुद्धा हेर्न नभ्याईनेमा

754
shares

सर्वोच्च अदालतमा टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध परेका रिटहरूमाथिको सुनुवाइ सोमबार हेर्न नभ्याइनेमा परेको छ । प्रतिबन्विरुद्ध परेका करिब १० रिटको सुनुवाइ न्यायाधीश डा.कुमार चुडालको इजलासमा तोकिएको थियो ।

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भएका छन् । ती रिटमाथिको प्रारम्भिक सुनुवाइ सोमबार न्यायाधीश डा.कुमार चुडालको इजलासमा हुन लागेको हो । सरकारले सार्वजनिक शिष्टाचारविरुद्धका सामाग्री टिकटकले नहटाएको र प्रयोगकर्ताको विवरण सरोकारवालालाई उपलब्ध नगराएको भन्दै नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

शुक्रबार टिकटक थि प्रतिबन्ध लगाउने सरकारी निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा १० वटा रिट दर्ता भएका थिए । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू अनन्तराज लुइँटेल, डा.सुनिल रञ्जन सिंह, त्रिलोकबहादुर चन्द, प्रेमराज सिलवाल, यज्ञमणि न्यौपाने, तथा फर्सुराम पाण्डे लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा सरकारको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी पूर्ववत् अवस्थामा टिकटक चल्न दिन अन्तरिम आदेशको माग गरिएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports