राष्ट्रिय युवा संघ र दुर्गा प्रसाई दुवैले माईतीघरमा बिरोध प्रदर्शन गर्न नपाउने
वि.सं.२०८० मंसिर ४ सोमवार १५:३४
shares
dfOtL3/df g]kfnsf] /fli6«o em08f ;lxb lbj;sf] cj;/df g]kfnL b]zeQm o'jf g]kfnåf/f cfOtaf/ dfOtL3/ d08nfdf cfof]lht sfo{qmddf g]kfnsf] /fli6«o em08f kmx/fOFb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;
काठमाडौं । नेकपा (एमाले) को भ्रातृ संगठन युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले यही मंसिर सात गते काठमाडौंमा गर्न लागेको प्रदर्शन माइतीघर मण्डलमा गर्न नपाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरमा प्रदर्शन गर्न नदिने निर्णय गरेको हो । दुवै पक्षलाई छुट्टाछुट्टै स्थान तोकिदिने तयारी भएको छ । दुवै पक्षलाई एकै स्थानमा प्रदर्शन गर्न दिँदा झडप समेत हुन सक्ने भन्दै सुरक्षा निकायले चिन्ता प्रकट गरिरहेको छ ।
युवा संघले सरकार र अराजकतावादी विरुद्ध युवा विद्यार्थीको शक्ति प्रदर्शन र प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान भन्दै माइतीघरमै कार्यक्रम गर्ने तयारी गरेका छन्।


































