linktrix Long Ad
Salt Trading Long Ad

एनसेलको सेयर खरिद बिक्री विवादबारे छानबिन गर्न गठन गरेको समितिले आजै देखि छानबिनको काम अघि बढाउने छ : संयोजक टंकमणि

715
shares

काठमाडौँ । सरकारले एनसेलको सेयर खरिद बिक्री विवादबारे छानबिन गर्न गठन गरेको समितिका संयोजक टंकमणि शर्मा दंगालले आजै देखि छानबिनको काम अघि बढाउने बताएका छन् । शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले छानबिन समिति गठन गरे लगत्तै सिंहदरबार पुगेका संयोजक दंगालले सरकारले दिएको निर्धारित समयभित्र काम सम्पन्न गर्नका लागि समितिले आजैदेखि काम अघि बढाउने बताए ।

उनले भने, ‘सरकारले महत्त्वपूर्ण र गम्भीर विषयमा छानबिनका लागि जिम्मेवारी दिएको छ । निर्धारित समयभित्र छानविको काम सम्पन्न गर्नका लागि आजैदेखि काम सुरु गर्दै छौँ । म अहिले सिंहदरबार आइसकेको छु । आज समितिको कार्यालय व्यवस्थापन लगायत काम अघि बढाउने प्रक्रियाका बारेमा समितिका साथीहरूसँग छलफल गर्दै छु । सरकार तथा समितिका साथीहरूसँग सहकार्य गरेर निष्पक्ष ढङ्गले छानबिन प्रक्रिया पूरा गर्छु ।’

मन्त्रिपरिषद्को बैठकले समितिलाई एनसेलको सेयर खरिद बिक्री विवादबारे अध्ययन गरी १ महिनाभित्र प्रतिवेदन बुझाउन समय दिएको छ । पूर्व महालेखा परीक्षक शर्माको संयोजकत्वमा नेपाल सरकारका सचिव फणीन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले सदस्य रहेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports