linktrix Long Ad
Salt Trading Long Ad

एनसेल शेयर खरिद प्रकरणमा राजनीतिकर्मीहरुकै सहयोग

754
shares

 

काठमाडौ । मुलुकमा पछिल्लो समयमा ठुला ठुला भ्रष्टाचार र घोटलाका काण्डहरु सार्वजनिक हुँदै आएका छन् । यसरी ठुला ठुला भ्रष्टाचार र घोटलाका काण्डहरुमा राजनीतिक दलका नेता, सरकारी उच्च पदमा बसेका व्यक्तिहरु नै संलग्न रहेको ललिता निवास जग्गा काण्ड, नक्कली भुटानी शरणर्थी काण्ड र सुन काण्डले नै प्रष्ट परिसेकेको छ । पछिल्लो समयमा एनसेलको शेयर खरिद विक्रि काण्ड समेत सतहमा आएको छ ।
खबौँ सम्पत्ति भएको एनसेल आजियाटाले आफ्नो शेयर विक्रि गर्दा अर्बमा मात्र विक्रि गरेको सूचना सार्वजनिक गरेपछि त्यस विषयमा चर्चा परिचर्चा सुरु भएको छ । एनसेलमा २० प्रतिशत शेयर सतिशलाल आचार्यकी श्रीमतीको रहेकोमा त्यो २० प्रशित शेयर बाहेक मलेसिया सरकारको लगानी रहेको शेयर सतिशलाल आचार्यले खरिद गरेका छन् । सतिशलाल आचार्य बेलायतमा बसोबास गर्ने नेपाली नागरिक भएपनि उनले बेलायतको नागरिकता लिएका छन् ।
सतिशलाल आचार्य परिवारको नाममा रहेका स्मार्ट टेलिकम आचार्य परिवारले आर्थिक अभावका कारण नविकरण नै नगरेको र उसले नेपाल सरकारलाई तिर्नुपर्ने ठुलो रकम समेत नतिरेको हुनाले स्मार्ट टेलिकम नेपाल सरकारको जिम्मामा आएको छ । त्यही आचार्य परिवारले अहिले ठुलो कम खर्च गरेर आजियाटाको एनसेलमा रहेको ८० प्रतिशत शेयर खरिद गर्नुले शंका गर्नुपर्ने अवस्था देखिन्छ ।
एनसेलको लाइसेन्सको म्याद २०२९ मा समाप्त हुने र म्याद समाप्त भएपछि एनसेलको सम्पूर्ण सम्पत्ति नेपाल सरकारको हुने कानुनी व्यवस्था रहेकोमा त्यसलाई मध्यनजर राखेर एनसेललाई एउटै परिवारको हातमा ल्याउने रणनीतिक उदेश्यका साथ शेयर विक्रि गरिएको छ ।
६ वर्ष अघि १ खर्ब ४३ अर्बमा आजियाटाले ८० प्रतिशत शेयर खरिद गरेको र शेयर विक्रि गर्दा पूँजीगत लाभकर नतिर्ने चाल चालेको थियो । तर नेपालको कर कार्यालयको तोकेको कर करिब ६६ अर्ब कर तिर्न नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय ट्रिवनलबाट पनि अनुमोदन भईसकेको छ । तर यस पटक त कारोबार रकम नै कम्तीमा ९५ प्रतिशत घटाइएको छ । एनसेलले विभिन्न बैँकबाट ४० अर्ब ऋण लिएको छ । ६ अर्बको सम्पत्ति भएको एनसेललाई कसरी ४० अर्ब ऋण बैँकले दिए त ?
एनसेललको २० प्रतिशत शेयर सतिसलाल आचार्यकी श्रीमती भावना श्रेष्ठको नामा रहेको सतिशसाल आचार्यले ८० प्रतिशत शेयर लिने सम्झौता गरेका छन् । सिंगो एनसेल एक परिवारको हातमा परेपछि यसको आर्थिक स्रोत ढाकछोप गर्न र मूल्य कम देखाउने खेल यस प्रकरणमा देखिएको छ । यस प्रकरणले गर्दा २०८६ मा नेपाल सरकारको नाममा एनसेल आउने बाटो समेत बन्द गर्न कम्पनी अहिले देखि नै एकलौटी गरिएको छ ।
यत्ति ठुलो प्रकरणमा राजनीतिक दल, सरकारका उच्च तहका कर्मचारी र केही व्यापारीहरुको सहयोग विना सम्भव देखिँदैन । सत्ता गठबन्धनको गत मंगलबार बसेको बैठकले यस प्रकरणमा छानविन गर्ने निर्णय गरेको छ । तर सत्ता गठबन्धनकै सांसदहरुले समेत एनसेल प्रकरणमा प्रधानमन्त्री सहित उनका परिवार र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका परिवारको संलग्नता रहेको बताउँदै आएका छन् ।
संघीय संसदका स्वतन्त्र सासद अमरेश कुमार सिंहले यस प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी गंगा दाहाल र कांग्रेसका सभापति शेरबहादुर देउवाकी श्रीमती सांसद आरजु राणा देउवा र उनका छोराको संलग्नता रहेका बताइसकेका छन ।
सतिशलाल आचार्यको प्रधानमन्त्री दाहालसँग राम्रो सम्बन्ध भएको र नेपालका केही उच्च तहका व्यापारी र उद्योगपतिहरुले समेत आचार्यलाई सहयोग गरेका र उनीहरुले नै सबै चाँजोपाँजो मिलाएको सांसद सिंहले सार्वजनिक रुपमै बोल्दै आएकाले गर्दा दाहाल सरकारले बनाउने भनिएको छानविन समितिले नै प्रधानमन्त्री पुत्री गंगा दाहाल, सांसद आरजु राणा देउवा र उनका छोरासँग बयान लिन सक्ला ? अहिलेको मुख्य प्रश्न भनेको यही हो ।
ललिता निवास जग्गा काण्डमा सत्ता गठबन्धनले माधव नेपाल र बाबुराम भट्टराईलाई कारबाही गर्नु नपर्ने निर्णय गरेजस्तै सरकारबाट गठन गरिने छानविन समितिले समेत दाहाल, राणा र देउवालाई कारबाही गर्नु नपर्ने सुझाव सरकारलाई दिन सक्ने सम्भावना रहेको छ । यो काण्ड सरकारसँग प्रत्यक्ष जोडिएकोले गर्दा यस प्रकरणमा समेत राजनीतिज्ञलाई कारबाहीको नौटंकी हुन सक्ने र सत्ता समर्थकहरुलाई उन्मुक्ति दिन सक्ने सम्भावना उत्तिकै बढिरहेको छ ।
एनसेलको भूमिका जहिलेसुकै विवादास्पद रहेको र त्यसको फाइदा राजनीतिक दलका नेताहरुले उठाउँदै आएका हुनाले यस पटकको शेयर खरिद विक्रिमा पनि छल गर्न खोजको प्रष्ट रुपमै देखिन्छ । ६ अर्ब ६५ करोड (५० मिलियन डलर) मा खरिद विक्रि भएको भनिएको विज्ञप्ति जारी गरिएपनि यो शेयर कारोबार घटीमा ६६ अर्ब ५० करोड (५०० मिलियन डलरमा) भएको कान्तिपुर दैनिकले मंसिर २० प्रकाशित गरेको समाचारमा उल्लेख गरिएको छ । यति ठुलो काण्डमा सरकारी सहयोग र समर्थन त्यसमा पनि बालुवाटार र सिंहदरबारको सहयोग विना असम्भव रहेको जानकारहरुले बताएका छन् ।
प्रधानमन्त्री दाहालको कोप–२८ मा भाग लिन दुबई गएका बेला उनीसँग सतिशलाल आचार्यसहितको टोलीले भेट गरेको सूत्रले दाबी गरेको छ । के त्यो भेट यही शेयर खरिद विक्रि काण्डसँग त जोडिएको छैन ?

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports