विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेको पदयात्राको टोली आज भोजपुर पुग्दै

728
shares

काठमाडौं । नेकपा एमालेको मध्यपहाडी संकल्प यात्राको १४औँ दिन आज (बुधबार) टोली कोशी प्रदेशको भोजपुर पुग्दैछ। अध्यक्ष केपी शर्मा ओलीसहितको टोली आज खोटाङको दिक्तेलबाट भोजपुरतर्फ प्रस्थान गर्ने भएको हो।

टोलीले भोजपुरका स्थानीय नेता–कार्यकर्तासँग अन्तरक्रिया र छलफल गर्ने कार्यक्रम छ। पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार बुधबार टोलीले ८४ किलोमिटरको दुरी पार गर्नेछ।

भोजपुरमै बास बसेर बिहीबार बिहान भोजपुरबाट धनकुटा प्रस्थान गर्ने टोली तेह्रथुम हुँदै पाँचथर पुग्ने कार्यक्रम छ। गत १४ मंसिरमा बैतडीको झुलाघाटबाट सुरु भएको एमालेको संकल्प यात्रा पुस १ गते पाँचथरमा समापन हुनेछ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports