kumari
stcnepal

ग्लोबल आइएमई बैंकले सेयर धनीलाई ९ प्रतिशत लाभांस दिने

ग्लोबल आइएमई बैंकले सेयरधनीलाई ९ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । हिजो सम्पन्न बैंकको १७ औँ वार्षिक साधारण सभाले ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

साधारण सभामा आर्थिक वर्ष २०७९/८० मा सञ्चालन नाफा १२ अर्ब ६९ करोड र खुद मुनाफा छ अर्ब ६९ करोड रुपैयाँ गरेको छ । अब बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँ पुग्ने बताइएको छ । साधारण सभाले संस्थापक सेयरधनी समूहबाट तीन जना र सर्वसाधारण सेयरधनी समूहबाट तीन जना गरेर छ सञ्चालक निर्वाचित गरेको छ । संस्थापक सेयरधनीमध्येबाट चन्द्रप्रसाद ढकाल पुनः अध्यक्ष चयन भएका छन् ।

सर्वसाधारण सेयरधनीतर्फबाट नारायणप्रसाद पौडेल, मदनलाल जोशी र कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन् । रामबहादुर भण्डारी र राधेश पन्त पनि संस्थापकको तर्फबाट सदस्यमा निर्वाचित भएका हुन् ।

footer