सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हिउँदे अधिवेशन बोलाउन सम्बन्धमा प्रधानमन्त्रीले आज संसदमा रहेकादलहरू सँग छलफल गर्ने

442
shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दलहरूसँग छलफल गर्ने भएका छन् । हिउँदे अधिवेशन आह्वानबारे संसद्‌मा रहेका दलहरूसँग छलफल गर्ने भएका हुन् ।

उक्त अधिवेशन आह्वानका लागि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलसहित संसद्‌मा रहेका दलसँग परामर्श गर्ने प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार हिउँदे अधिवेशन आह्वान चाँडै गर्ने भनिए पनि प्रमुख प्रतिपक्ष नेकपा (एमाले) अभियानमा भएकोले बिलम्ब भएको छ । तत्काल सबै दलसँग छलफल गरेर उक्त अधिवेशन आह्वानका लागि प्रधानमन्त्रीले छलफल गर्नेछन् ।

प्रधानमन्त्रीले दलहरूसँग छलफल गरी हिउँदे अधिवेशन बोलाएर महत्वपूर्ण विधेयक अघि बढाउनुपर्ने बताउँदै आएका छन् । यसबारे उनले सभामुख, सत्ताघटक तीन दलका शीर्ष नेतासँग छलफल गरिसकेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports