सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हिमालयन आईपीओमा १६ लाख ६० हजार आवेदन, सबैले शेयर पाउने

624
shares

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर निष्कासन (आईपीओ) मा कुल १६ लाख ६० हजार २२ जनाले आवेदन दिएका छन् । योसँगै कम्पनीको आईपीओमा आवेदन लिने कार्य सोमबार साँझ कार्यालय समयपछि बन्द भएको छ ।

कुल २ करोड ४९ लाख कित्ता सेयरका लागि कम्पनीले आवेदन खुलाएको थियो । यसमा ३ करोड २२ लाख १५ हजार ७० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिएका छन् । ६ अर्ब ६३ करोड रुपैयाँ आवेदकको बैंक खातामा रोक्का भएको छ । गत बुधबारदेखि कम्पनीले आईपीओमा आवेदन खुलाएको थियो । १०६ रुपैयाँ प्रिमियम थप गर्दै कम्पनीले प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ निष्कासन गरेको थियो ।

धितोपत्र बाँडफाँट निर्देशिकाअनुसार रितपूर्वक भर्नेजति सबैलाई यो कम्पनीको आईपीओ पर्नेछ । निर्देशिकाअनुसार पुगेसम्म सबैलाई १० कित्ताका दरले सेयर दिएपछि बाँकी रहेको सेयरका लागि १० कित्ताभन्दा माथिको आवेदन दिनेलाई पुनः १० कित्ताकै दरले प्रदान गर्नुपर्नेछ ।

यदि सबै आवेदन रितपूर्वक भरिएको पाइएमा पनि हिमालय रिमा १६ लाख ६० हजारलाई १० कित्ताका दरले सेयर दिँदा १ करोड ६६ लाख कित्ता बाँडफाँट हुन्छ । बाँकी रहेको सेयर पुनः २० कित्ता वा सोभन्दा बढीको आवेदन दिएकालाई १० कित्ताका दरले वितरण हुन्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports