linktrix Long Ad
Salt Trading Long Ad

दाहाल सरकारको एकवर्षे कार्यकाल, सरकार नै सामाजिक सद्भाव विथोल्न प्रयारसत

663
shares

 

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो एकवर्षे कार्यकालमा १२ पटक सम्म मात्र परिषद्को हेरफेर गरेर आफ्नो सत्तालाई टिकाईराख्ने काम गरे । सत्ता गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री रहेका दाहालको एकवर्षे कार्यकाल गफमै सिमित भएको र आफूले समेत उपलब्धिमूलक कार्य गर्न नसकेको प्रधानमन्त्री दाहालले पुस १० गते आफ्नो एकवर्षे कार्यकाल पूरा भएको दिनमा राष्ट्रका नाममा दिएको सन्देशमै स्वीकार गरेका छन् ।
आफ्नो एकवर्षे कार्यकालमा केही उपलब्धिमूलक कार्य भएको बताउँदै प्रधानमन्त्री दाहालले राष्ट्रका नाममा सन्देश दिएका भएपनि विगतमा भएका उपलब्धीलाई समेत जोडेर आफ्नो सरकारको उपलब्धि भनेका छन् । विद्युत उत्पादन गर्न लामो समय लाग्छ तर प्रधानमन्त्री दाहालले आफ्नो एकवर्षे कार्यकालमा ५९१ मेघावाट विद्युत थपिएको बताएर आफ्नो निरिहता जनतासामु प्रकट गरेका छन् । के प्रधानमन्त्री दाहालको एकवर्षे कार्यकालमा ५९१ मेगावाट विद्युत उत्पादन भएको हो त ?
आफ्नो असफलता र अकर्मण्यतालाई लुकाउनका लागि झुठा आश्वसन जनतालाई बाँडेका छन् । ठुला लगानीमा बनेका लुम्बिनी र पोखरा विमानस्थललाई सञ्चालनमा ल्याउन सरकार असफल भएको सबैको अगाडि घामजस्तै छर्लङ्ग भएको छ । राष्ट्रिय गौरवका आयोजनाहरु कछुवाको गतिमा अघि बढेका छन् । मेलम्चीको पानी जनताले खानु पाएका छैनन् । संसदलाई कामविहिन अवस्थामा राखिएको छ । संसदमा विधेयक पेश गर्ने काम सरकारको भएपनि सरकारले मुलुक सञ्चालन गर्नका लागि आवश्यक पर्ने कानुन बनाउन सकेको छैन ।
जताततै भ्रष्टाचारले गर्दा जनताले आवश्यक सेवा सुविधा समेत पाउन कठिनाई भोग्नु परेको छ । तर प्रधानमन्त्री भने आफूँ प्धानमन्त्री बनेपछि जनताको जीनवस्तरमा सुधार आएको देश विकासले गति लिएको भन्दै जनतालाई ढाँटिरहेका छन् । दाहाल सरकारको एकवर्षे कार्यकाल कुनै उपलब्धिमूलक कार्य नगरि समाप्त भएको छ । आफ्नो सचिवालयमा आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई जागिर खुवाउनुमात्र उपलब्धी हुन सक्दैन ।
प्रधानमन्त्री दाहालले आफ्नै पालामा भ्रष्टाचारका काण्डहरुमा संलग्न रहेकाहरुलाई कानुनी दायरामा ल्याइएका बताएर कानुन सबैको लागि बराबरी भन्ने सिद्धान्तलाई लागु गरेको उद्घोष गरेपनि त्यसलाई पत्याउन सकिने आधार देखिएका छैनन् । ललिता निवास जग्गा काण्डमा संलग्न भएका सत्ता गठबन्धनका नेताहरु माधव नेपाल र बाबुारम भट्टराईलाई उन्मुक्ति दिने निर्णय सत्ता गठबन्धनबाटै गराएर उनीहरुलाई उन्मुक्ति तपाईले नै दिनु भएको होइन र ? अनि कसरी कानुन सबैको लागि बराबरी भयो प्रधानमन्त्री ज्यू ! तपाईको पार्टीका समर्थक रहेका पूर्व मुख्यसचिव लीलामणि पौडेललाई किन ललिता निवास जग्गा काण्डमा उन्मुक्ति दिइयो ?
नक्कली भुटानी शरणार्थी काण्ड, सुन तस्करी काण्ड लगायतका अरु थुप्रै काण्डमा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु मुछिएका थिए उनीहरुमाथि किन कानुनी काराबही भएन ? नक्कली भुटानी शरणार्थी काण्डमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी श्रीमती आरजु देउवाको संलग्नता रहेको समाचारहरु प्रकाशित र प्रसारित भएका थिए किन उनीहरुमाथि सोधपुछसम्म भएन ? यी सबै प्रकरणहरुमा सोझासाझालाई फसाइयो ठुलाववडालाई उन्मुक्ति ?
आफ्नो असफलता र अकर्मण्यतालाई लुकाउनका लागि तपाईले मुलुकमा निराशा छर्ने तत्वहरु सक्रिय रहेका आरोप कोमाथि लगाउनुभएको हो ? त्यस्तो तत्वको नाम किटान गर्न किन सक्नु भएन ? सारा दुनियाँले तपाई र तपाईको सरकारले गरेका काम देखेका छन् । सत्ता गठबन्धनकै नेताहरु अहिले प्रदेशमा मुख्यमन्ख्त्री रहेका र सत्ता गठबन्धनकै प्रदेश सरकारहरु रहेृका छन् । तिनै प्रदेश सरकारहरु तपाईको विरोधमा संघर्षमा उत्रिने चेतावनी तपाईलाई समेत दिइसकेको अवस्थामा निराशा छर्ने काम तपाईकै पार्टीमा नेता र सत्ता गठबन्धनका नेताहरुबाटै भएको सत्य वास्तविकतालाई स्वीकार गर्न नसक्नु तपाईको कमजोरी हो कि होइन ?
अब तपाईले आफ्नो कार्यशैली बदल्ने उद्घोष गर्नुभएको छ । तपाईले कार्यशैली बदल्नु र नबल्नुको कुनै अर्थ रहँदैन । विहानीले दिउँसाको संकेत गर्दछ भन्ने भनाई सम्झने हो भने तपाईको एकवर्षे कार्यकालले नै देखाईसकेको हुनाले तपाईको उद्घोषलाई जनताले किन पत्याउने ?
मुलुकमा भएका ठुला ठुला भ्रष्टाचारमा राजनीतिक दलका नेताहरु नै संलग्न भएको प्रमाणित हुँदै आएको छ । आफ्नै देशका नागरिकलाई अनागरिक बनाएर अमेरिका पठाउने कार्यमा सरिक भएका व्यत्तिःलाई जेल पठाउने न्यायाधिश र अनुसन्धान गर्ने वरिष्ठ प्रहरी अधिकृतहरुलाई सरुवा गरेर दण्डित गरिएको छ । एनसेल काण्डमा तपाईको सरकारको महत्वपूर्ण हात रहेको छ । एनसेलको शेयर खरिद विक्रि गर्ने कार्य हुनुभन्दा केही महिना अगाडि दूरसञ्चार नियमावली संशोधन गर्नुको अर्थ के ? नेपाल दूरसञ्चार प्राधिकरणको अधिकार खोसेर दूरसञ्चार नियमावली संशोधन गर्नु नै एनसेलको शेयर खरित्र विक्रिको बाटो खुलेको थियो ।
सदियौँ देखि मिलेर बसेको नेपाली समाजलाई विथोल्ने कार्यमा तपाईकै नेतृत्वको सरकारमा बसेका मन्त्रीहरु नै लागि परेको के तपाईले देख्नु र सुन्नु भएको छैन र ? नेपाली समाजलाई थाङथिलो बनाएर आफ्नो स्वार्थ पूरा गराउने कार्यमा सरिक भएका मन्त्रीलाई किन बर्खास्त गर्न सक्नुहुन्न ? सदिऔँदेखि मानिआएको परम्परा र धर्म संस्कृतिको रक्षा गर्ने दायित्व सरकारको हो कि होइन ? तपाईले विश्व विद्यालयमा राजनीति हुन नदिने उद्घोष गर्नुभएको छ तर आजसम्म तपाई र तपाईका मन्त्रीहरुले विभिन्न ठाउँमा नियुक्त गरेका व्यक्तिहरु तपाईको पार्टीका समर्थक बाहेक अरु कस कसलाई नियुक्त गर्नुभएको छ हामी तपाईलाई प्रश्न गर्न चाहान्छौँ ।
भो अति भो प्रधानमन्त्री ज्यू ! तपाई मुलुकको प्रधानमन्त्री भएकाले गर्दा आफ्नो पार्टी होइन मुलुकमा राम्रा मानिएका र आदर्श र योग्य व्यक्तिलाई विभिन्न ठाउँमा नियुक्त गरेर मुलुकको समुन्नति र उन्नतिमा लाग्नु नै उपर्युक्त हुनेछ । भाषणा गरेर मुलुकको विकास र जनताको प्रगति हुन सक्दैन । दिनुहँ हजारौं युवा युवती विदेश जाने क्रमलाई रोक्ने र उनीहरुलाई नेपालमै राजगारी दिने तपाईको कार्यक्रम खोई ? यी सबै कारणहरुले गर्दा भो अति अब भाषण होइन काम गरेर देखाउनुहोस् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports