linktrix Long Ad
Salt Trading Long Ad

गणतन्त्रलाई देखाएर जनता मार्न पाइँदैन, गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई पनि कारबाही गर्ने कि ?

728
shares

 

काठमाडौ । पुस १३ गते ललितपुरको बालकुमारीमा भएको जघन्य अपराधमा संलग्न भएको पुष्पकमल दाहाल नेतृत्वको सरकारले आफ्नो गल्ती ढाकछोप गर्न प्रधानमन्त्री दाहाल नै लागि परेका छन् । गृहमन्त्री र प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले २ युवाको ज्यान जाने गरी भएको घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला कै कारण भएको संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितलाई पुस १६ गते जानकारी दिएका थिए । कोरियामा रोजगारीमा जान पाउनुपर्ने माग गर्दै प्रर्दशनकारी युवाहरुले उत्पादन क्षेत्र बाहेकको अन्य क्षेत्रमा समेत आफूहरुलाई भाषा परिक्षा दिनुपर्ने माग गर्दै इपीएस कार्यालय अगाडि पुस ११ गतेदेखि नै विरोध प्रदर्शन गर्दै आएका थिए ।
पाटन उच्च अदालतले उत्पादन क्षेत्रमा भाषा परीक्षा दिएका १८ जना परिक्षार्थीलाई अन्य क्षेत्रको भाषा परीक्षामा समेत सामेल गराउन आदेश दिएको थियो । ती १८ जनाले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेका थिए । त्यही कारण अदालतले परीक्षामा सामेल गराउन आदेश दिएको थियो । त्यही आदेशलाई मध्यनजर गरेर इपीएस कार्यालयले सबैलाई भाषा परीषामा सामेल गराएको भए सो घटना नै हुने थिएन तर प्रधानमन्त्रीले भने सो घटना गणतन्त्र विरुद्धकै भएको बताएका हुनलो प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी महानिरीक्षकबीचमै कुरा बाझिएको छ ।
युवाहरुले विरोध प्रदर्शन गरिरहेका सूचना सरकारलाई र श्रम तथा रोजगार मन्त्रालयलाई थियो । तर भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले आफूलाई विरोध प्रदर्शन भएको जानकारी नभएको भन्ने गैरजिम्मेवारिपूर्वक अभिव्यक्ति दिएका र आफ्नो कुनै गल्ती नभएको बताएका भए पनि राज्य व्यवस्था तथा सुशासन समितिले मन्त्री ज्वालामाथि समेत छानविन गर्न सरकारलाई निर्देशन दिएको छ । घटना भएको दिन मन्त्री ज्वालाले दिएको अभिव्यक्ति र भोलिपल्ट दिएको अभिव्यक्ति परस्पर विरोधी रहेका छ । बेरोजगार यवाहरुले गरेको विरोध प्रदर्शनलाई प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्रसँग जोडेर त्यो विरोध प्रदर्शन गणतन्त्रकै विरोधका लागि भएको हो भन्ने अभिव्यक्ति दिनु किमार्थ उचित होइन ।
प्रधानमन्त्री दाहालले आफ्नो असफलता र अकर्मण्यता लुकाउन र आफैँले बनाएको उच्चस्तरीय छानविन समितिलाई प्रभाव पारेर घटनालाई अर्कोतिर मोड्ने प्रयास गर्नुभएको छ । प्रधानमन्त्री दाहालले आफैँ भनेका छन् निराशा बाँड्नेहरु राष्ट्रवादी हुन सक्दैनन् भनेर । प्रधानमन्त्री ज्यू तपाईले आफ्नो एकवषे कार्यकालमा जनतालाई निराशा बाँड्नु बाहेक जनताको हितमा के गर्नुभयो ? तपाई आफैँले आफूलाई राष्ट्रवादी नभएको स्वीकार गर्नु भएको होइन र ?
प्रधानमन्त्री दाहालले बालकुमारीमा भएको घटना बाहिर देखिएको जस्तो नभएको आशंका गरेका छन् । यदि त्यसो हो भने गृहमन्त्री र प्रहरी महानिरीक्षकले किन मन्त्री ज्वाला त्यहाँ पुगेका हुनाले घटना भयो भनेर राज्य व्यवस्था तथा सुशासन समितिमा बयान दिए त ? गृहमन्त्री र प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई तपाई के कारबाही गर्नुहुन्छ त ? रोजगारी माग्ने युवालाई विना चेतावनी गोली हानेर तपाईको सरकारले मारेको होइन र ? घटना पछिका अभिव्यक्ति तथा प्रचारबाट गम्भीर हुनुपर्ने तपाईले बताउनुभएको छ । केही चिज गम्भीर लागेको छ यो सामान्य होइन, २ युवकको जस्तो परिवेशमा जसरी हत्या भएको छ, इपीएसमा जे जस्ता गतिविधि भएका छन्, गाडी जलाउने गतिविधि छ, चीज त्यस्तो छ जस्तो देखिएको छ भनेर तपाईले हत्या भएको स्वीकार गर्नुभएको छ भने जस्तो देखिएको छ, त्यस्तो छैन भने कस्तो हो त ? त्यसको जवाफ जनतालाई तपाईको सरकारले किन दिन नपर्ने ?
आवेशमा ल्याउने कार्य मन्त्री त्यहाँ पुगेकै कारण भएको हो । मन्त्रीले त्यहाँ युवासँग सवाल जवाफ समेत गरेको भिडियो बाटै प्रष्ट हुन्छ । राजनीतिक दलका शिर्ष नेताहरु र सरकारकै कारण जनता रुष्ट हुँदै आएका छन् । त्यसमा पनि तपाईकै नेतृत्वको सरकारले गत मंसिरमा दुर्गा प्रसाईको नेतृत्वमा भएको आन्दोलनका समर्थकहरु माथि गरेको व्यवहार पनि जनताले देखिसकेका छन् । आफ्नो सरकारको विरोध हुने डरले गर्दा मन्त्रीक्वाटर लगायतका क्षेत्रमा ६ महिनाको लागि निषेधित क्षेत्र घोषणा गरेर तपाईको सरकारले इतिहास कायम गरेको छ ।
तपाईसहित शेरबहादुर देउवा, माधव नेपाल लगायतले माइतीघर मण्डलामा बसेर हामी यहाँ छौँ, ओली सरकार कहाँ छ भनेर नारा लगाउन हुने अनि अहिले जनताले माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न नपाउने ? सर्बोच्च अदालतले समेत माइतीघर मण्डलामा विरोध प्रर्दशन गर्न रोक नलगाउनु भन्ने आदेश दिएकोमा त्यो आदेशलाई अस्वीकार गर्दै तपाईको सरकारले अदालतको आदेशलाई उल्लंघन गरेको छ अनि जनतालाई भने सरकारको आदेश मान्न भने अधिकार तपाईसँग रहेन ।
तपाईकै नेतृत्वको सरकारबाटै गणतन्त्रलाई खतरा रहेको छ । जनताबाट होइन जनताले सत्ता मागेका छैनन् आफूलाई आवश्यक पर्ने सेवा सुविधा र युवाले रोजगारी मागेका छन् । एकवर्षे तपाईको कार्यकालमा कति रोजगारी बढाउनुभयो ? आफ्नो असफलता र अकर्मण्यता लुकाउनको लागि गणतन्त्रमाथि नै खतरा रहेको बताएर आफ्नो असफलता र अकर्मण्यता लुकाउन सकिँदैन बालकुमारी घटना प्रकरणमा गठन भएका दुवै छानविन समितिले दिने प्रतिवेदन पनि आखिरी दराजमै राखिने त होलान् नि ? गृहमन्त्री र प्रहरी महानिरीक्षकले मन्त्री त्यहाँ गएकै कारण घटना भएको हो भनि समितिमा बयान दिईसकेको हुनाले मन्त्री ज्वालालाई बर्खास्त गन तपाईलाई कस्ले रोकेको छ ?
आफ्नो सत्ता बचाई राख्न आफ्नै गृहमन्त्री र प्रहरी महानिरीक्षकको भनाईलाई पनि तपाईले पत्याउन सक्नु भएन ? त्यसैले गृहमन्त्री र प्रहरी महानिरीक्षक कुँवरलाई समेत अब उनीहरुसमेत गणतन्त्रकै विरोधमा लागे भनेर भन्न सक्नुहुन्छ त ? प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी महानिरीक्षक कै कुराहरु बाझिएका र प्रधानमन्त्रीले गणतन्त्र नै खतरामा रहेको अभिव्यक्ति दिएर सत्तामा बसिरहनुको औचित्य रहेन । गणतन्त्र त तपाईहरुकै क्रियाकलापले गर्दा खतरामा पर्दै गएको सत्य वास्तविकता हो । त्यसैले गणतन्त्र बचाउनैका लागि तपाईले राजिनामा दिएकै बेश ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports