linktrix Long Ad
Salt Trading Long Ad

एमालेको टिआरसी विधेयकलाई सकेसम्म सहमति बाट र नभए बहुमतीय प्रक्रियाबाट टुंगो लगाउन प्रस्ताव

624
shares

काठमाडौं । नेकपा एमालेले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी विधेयक (टिआरसी) लाई सकेसम्म सहमतिबाट र नभए बहुमतीय प्रक्रियाबाट टुंगो लगाउन प्रस्ताव गरेको छ ।

आजको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै नेकपा एमालेका सचेतक महेश बर्तौलाले उक्त प्रस्ताव राखेका हुन् । ‘यी विषयहरु हामी सहमतिमा टुंग्याउन सक्छौं, यदि भएन भने विल निर्माणको आफ्नै प्रक्रिया छ । प्रक्रियामा हामी हाम्रा भनाइहरु रहन्छ । यो कुरा म फेरि पनि भन्न चाहन्छु,’ उनले भने । अघिल्लो बैठकमा पनि बर्तौलाले यसै कुरामा जोड दिएका थिए । विधेयक निर्माणको प्रक्रिया अनुसार एमाले अगाडि बढ्ने तर त्यसमा एमालेले अवरोध नगर्ने उनको भनाइ थियो । एमालेले अवरोध गरिराखेको छ भनेर प्रचार नगरिदिन पनि उनले आग्रह गरे ।

‘विधेयक निर्माणको प्रक्रियामा हामीले हाम्रा विषय राख्छौं होला र तर एमालेले रोकिराख्या छ भनेर जे प्रचार गर्न खोजिएको छ त्यो गलत हुन्छ,’ उनले भने । आफूहरु प्रमुख प्रतिपक्षी दल भएकाले आफूहरुले देशका, जनताका, पीडितका र समग्र शान्ति प्रक्रियाको विषय उठाएको भन्दै उनले त्यसलाई विधेयक निर्माणमा अवरोध गरेको भनेर नबुझ्न उनको आग्रह छ । तर विगतमा टाउकाको मूल्य तोक्ने र तोकिमाग्नेहरु सरकारमा रहेकाले मिलिजुली कानुन बनाए भन्ने सन्देश नजाओस् भन्नेतर्फ आफूहरु सचेत रहेको उनले बताए । ‘मान्छेहरुलाई के नपरोस् भने हिजो टाउकाको मूल्य तोकिदिने र तोकिपाउने दुवै जना सरकारमा हुनुहुन्छ । मिलिजुली कानुन बनाए, भनेर बाहिर समाजमा नजाओस् भन्ने कुरामा हामी सचेत छौं ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports