linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री दाहालकै कारण मुलुक संकटमा फस्दै

728
shares

 

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले शसस्त्र द्वन्द्वताका माओवादीका नता रहेका दाहालले आफ्नो सुविधानुसार कलाविहिन नाटक जस्ता शब्दवली बोकेर जनतामा भ्रम छर्ने गर्थे । अहिले प्रधानमन्त्री रहेका दाहालले आफ्नो सुविधा अनुसार त्यस्तै नौटंकी गरिरहेका छन् । आफ्नो स्वार्थ र सुविधा अनुसार निर्देशन दिने तर कार्यान्वयन हुन नसकेपछि कर्मचारीहरुलाई बलिको बोका बनाउने खेलमा उनी लागि परेका छन् ।
पछिल्लो पटक उनले बत्तीको बिल नतिर्ने उद्योगहरुको तत्काल बत्ती काट्न विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई निर्देशन दिए । प्रधानमन्त्रीको निर्देशन अनुसार प्राधिकरणले उद्योगको लाइन काटिदियो । उद्योगीहरुले त्यसको विरोध गरे । डेडिकेडट र ट्रङलाइनबाट बत्ती उपयोग गरिरहेको उद्योगहरुले २२ अर्ब भन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको थियो ।
जनताले तोकिएको समयमा बत्तीको लाइन काट्ने प्राधिकरणले ठुलो उद्योगीहरुबाट रकम उठाउन सकेको थिएन । ठुलो उद्योगीहरु डेडिकेडट र ट्रङलाइनको आफूहरुले प्रयोग नै नगरेको भन्दै प्रधानमन्त्रीलाई गुहार्न पुगे । उद्योगीहरुको कुरा सुनेपछि आफ्नै आदेशको विरुद्ध प्रधानमन्त्रीले तत्काल लाइन जोडिदिन फेरी आदेश दिए । यसरी आफ्नै आदेश विपरित आदेश दिएर उनले उद्योगीहरुलाई खुसी पार्ने प्रयोग गर्दे भने नत बत्तीको पैसा उठ्यो न उद्योग चले ?
पटक पटक विवादास्पद अभिव्यक्ति दिँदै आएका प्रधानमन्त्री दाहालकै कारण राज्य संयन्त्र नै अपाङ्ग जस्तो भएको छ । विवादास्पद अभिव्यक्तिले गर्दा उच्च तहका कर्मचारीहरु नै रणभुल्लमा परेका छन् । आफ्नो स्वार्थनुसार राज्य सञ्चालन गर्दै आएका दाहालले एनसेलको शेयर खरिद विक्रि प्रकरणमा समेत विवादास्पद अभिव्यक्ति दिएका थिए । नियम कानुन अनुसार सञ्चालन हुनुपर्ने सरकारी निकायलाई नियम भन्दा बाहिर गएर काम गर्न दबाब दिने प्रधानमन्त्री पुष्पकमल दाहालको चरित्रले गर्दा उच्च तहका कर्मचारीहरु कुनै निर्णय नै गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई राजिनामा दिन बाध्य पारियो । प्रधानमन्त्री दाहालले खनाललाई राजिनामा दिन दबाब दिँदै आएका थिए । दूरसञ्चार ऐन र नियमावली संशोधन गरेर स्मार्ट टेलिकमको लाइसेन्स एनसेललाई दिन सहजीकरण गर्न प्रधानमन्त्री दाहाल र सञ्चारमन्त्रीले आग्रह गरेका भएपनि दूरसञ्चार नियमावली र ऐन संशोधनका विषयमा खनालले असहमति जनाएका थिए । त्यसैबेला देखि खनाललाई राजिनामा दिन दबाब बढाएका र खनाल नै आफ्नो स्वार्थका बाधक रहेको भन्दै उनलाई राजिनामा दिन बाध्य बनाइएकोले गर्दा खनाल पदावधि समाप्त नहुँदै राजिनामा दिन बाध्य भए ।
सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसले समेत प्रधानमन्त्री दाहाललाई सही ट्रयाकमा ल्याउने प्रयाससम्म गरेका देखिएन । कांग्रेसले महत्वपूर्ण ९ वटा मन्त्रालय लिएको भएपनि त्यस्ता मन्त्रालयहरुबाट जनताले पाउनुपर्ने सेवा सुविधा सहज ढँगले पाउन सकेका छैनन् । कांग्रेसभित्रको आन्तरिक विवादको फाइदा दाहालले उठाइरहेका छन् । संसदको तेस्रो ठूलो दलका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले आफ्नो स्वार्थ अनुसार र पार्टीका स्वार्थ अनुसार सरकार सञ्चालन गरिरहेका छन् ।
सत्ता गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री बनेका दाहालले एक वर्षे आफ्नो कार्यकालमा केही भ्रष्ट्राचारका काण्डहरु उठाएका भएपनि त्यस्ता काण्डमा सत्ता गठबन्धनका नेताहरु नै संलग्न रहेको भेटिएपनि उनीहरुलाई उन्मुक्ति दिएर अन्यलाई मुद्दा चलाइयो । सुन तस्करी काण्डमा उनैको पार्टीका नेताहरु मुछिए तर उनीहरुलाई समेत उन्मुक्ति दिएर भरियालाई मात्र मुद्दा चलाइयो । प्रधानमन्त्री दाहाललाई संकट पर्ने वित्तिकै जनतालाई भ्रम छर्न अब भ्रष्टाचारका केही ठुला फाइल खोल्छु भन्दै कुर्लिने गरेका छन् तर त्यस्ता फाइल कहिले खुल्ने हुन् त्यसको कतै पत्तो छैन ।
जनतालाई भ्रममा राख्नका लागि ठुला ठुला कुरा गर्ने तर काम नगर्ने प्रवृत्तिले गर्दा प्रधानमन्त्री दाहालकै कारण मुलुक गम्भीर संकटमा फस्दै गएको छ । संघीय संसदको प्रमुख विपक्षी दललाई देखाएर कांग्रेसलाई तर्साउने र कांग्रेसलाई देखाएर एमालेलाई तर्साउने रणनीति दाहालले लिँदै आएका छन् । कांग्रेसका सभापति शेरबहादुर देउवा समेत २ वर्षपछि प्रधानमन्त्री बन्ने सपना देखेर दाहाल सरकारले गर्ने गरेका सबै अपजसको भारी बोक्न तयार देखिएका छन् ।
कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीचमा दाहाल २ वर्ष माधव नेपाल एक वर्ष र देउवा पछिल्लो समयमा २ वर्ष प्रधानमन्त्री बन्ने सहमति भएको बताइएको छ । त्यही सहमति अनुसार दाहाल प्रधानमन्त्री बनेका हुन् । अबको एक वर्ष पछि के दाहाल, माधव नेपाललाई प्रधानमन्त्री बनाउन तयार होलान् त ? भन्ने प्रश्न समेत उठ्ने गरेको छ । नेपाली कांग्रेसको विधान अनुसार देउवा अब पार्टी सभापति बन्न नपाउने भएकाले गर्दा उनी फेरी प्रधानमन्त्री बन्न सक्ने सम्भावना न्यून रहेको छ । पार्टी सभापति नै नभएको खण्डमा उनी कसरी प्रधानमन्त्री बने त ?
कांग्रेसको महाधिवेशन पछि आउने सभापति नै संसदीय दलको नेता चुनिन सक्ने भएकाले गर्दा देउवाको प्रधानमन्त्री बन्ने सम्भावना न्यून रहेकाले गर्दा प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले पद छोड्नुपर्ने बेलामा एमालेसँग सहकार्य गर्न सक्ने सम्भावना समेत देखिएको छ ।
दाहाल र केपी ओली बाँकी समयका लागि आलोपालो प्रधानमन्त्री बन्न सक्ने अवस्था समेत आउन सक्छ यदि त्यस्तो सहमति भएमा दाहाल झण्डै तीन वर्षसम्म प्रधानमन्त्री रहिरहन सक्छन् । दाहाल सत्ताको लागि जोससँग पनि जस्तोसुकै सहमति गर्न सक्ने व्यक्ति भएकाले गर्दा अबको एक वर्ष पछि माधव नेपाल र त्यसको १ वषर््ृापछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्न सक्छन् भन्ने ग्यारेन्टी छैन ।
पुष्पकमल दाहालको राजनीति चरित्र नै सत्तामा रहिरहने र आफ्नो स्वार्थ अनुसारको चाल चाल्न सक्ने भएकाले गर्दा नै उनी प्रधानमन्त्री बन्न सफल भएका हुन् । राजनीतिमा कोही कसैको शत्रु र मित्र हुन सक्दैनन् भन्ने सिद्धान्तलाई दाहालले अनुशरण गरेका भएपनि राज्य सञ्चालनमा भने उनी असफल सावित हुँदै गएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports